९ माघ २०८२, शुक्रबार | January 23, 2026

माल्दिभ्सको राजधानी मालेमा कर्फ्यू अन्त्य



एजेन्सी । माल्दिभ्सको राजधानी मालेमा लगाइएको कर्फ्यु हटाइएको छ ।

माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकायले राजधानी सहरमा लगाइएको कर्फ्यु अन्त्य गरिएको बिहीबार जानकारी दिएको हो ।

सार्वजनिक स्वास्थ्य महानिर्देशक मैमुना अबु बाकरले बिहीबार प्रकाशित गरेको सूचनामा राति ११ बजेदेखि बिहान ४ः३० बजेसम्मका लागि लागू गरिएको कर्फ्यु हटाइएको उल्लेख छ ।

उनका अनुसार राजधानी मालेमा गत मार्च ४ देखि लगातार कफ्र्यु लगाइएको थियो । कोरोनाभाइरसको महामारी थप फैलिन नदिने उद्देश्यले कफ्र्यु लगाइएको पनि उनले सूचनामा उल्लेख गरेका छन् ।

कर्फ्यु लगाएसँगै बन्द भएका प्राथमिक विद्यालय, डे केयर, जिम, विश्वविद्यालय, चलचित्र घरलगायत पनि कर्फ्यु हटाइएसँगै पूनः सुचारु हुने भएका छन् ।

सुचारु गर्न लागिएका सेवा सञ्चालन गर्न कोरोनाभाइरसबाट बच्नका लागि अपनाउनु पर्ने आधारभूत सतर्कता र मापदण्ड भने पालना गर्नु पर्ने व्यवस्था गरिएको छ ।

त्यसका लागि सरकारले स्वास्थ्य सतर्कता निर्देशिका समेत जारी गरेको छ । माल्दिभ्समा अहिलेसम्म २४ हजारभन्दा बढी मानिसमा कोरोनभाइरसको सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ६ : ३५ बजे

सुरक्षा चुनौती सामनामा सशस्त्र प्रहरीको भूमिका स्मरणीय छ : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रको सार्वभौमिकता, स्वाधिनता र भौगोलिक

नेपाल बन्यो लिफ कोलियसन सम्झौतामा हस्ताक्षर गर्ने पहिलो दक्षिण एसियाली मुलुक

काठमाडौं । नेपाल सरकारले वन विनाश न्यूनीकरणका प्रयासको कदरस्वरूप लिफ

देश परिवर्तनको यात्रामा सहकार्य गर्न महामन्त्री पौडेलको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

चुनावमा दल र उम्मेदवारले बैंक खाताबाट मात्र खर्च गर्न पाउने, राष्ट्र बैंकलाई आयोगको पत्र

काठमाडौं । चुनावका लागि दल र उम्मेदवारको छुट्टै खाता खोल्ने

दलीय पत्रकारिताले लोकतन्त्र कम्जोर भयो : मेयर विष्ट

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले दलीय पत्रकारिताको कारण