७ चैत्र २०८२, शनिबार | March 21, 2026

गाउँमा पहिलोपटक बिजुली बलेपछि स्थानीय हर्षित



उदयपुर । सधैँ अन्धकारमा रहँदै आएको जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच गाउँमा पहिलोपटक बिजुली बलेपछि स्थानीय हर्षित बनेका छन् ।

उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीवार बिजुली पुगेको हो ।

उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करिब १ सय ५० घरधुरीमा बिहीवार पहिलोपटक बिजुली पुगेको छ ।

प्रदेश सरकारको एक करोड २० लाख र बलान सामुदायिक वनको सात सात लाख गरेर कूल एक करोड २७ लाखको बजेटमा ती दुर्गम गाउँमा विद्युत् विस्तार गरिएको हो ।

पहिलोपटक बिजुली बलेपछि मैनीटारका ६७ वर्षीय गणेश अधिकारीले भने “यस क्षेत्रमा बिजुली आउँछ भन्ने कुरा सपनामा पनि सोचेको थिइन तर आज सपना पूरा भयो, विपनामा नै बिजुली बल्यो विकास भनेको त यो पो हो ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ८ : २४ बजे

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान