१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौं । आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा दिउँसो २ बजे बोलाइएको स्रोतले जनाएको छ ।

बैठकमा पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी तथा समसामयिक विषयमा छलफल हुने छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई बोलाइएको छ । कांग्रेसले आगामी भदौ ७ गते १४ औं महाधिवेशनको मिति तोके पनि काम अघि बढ्न सकेको छैन ।

सबै जिल्लाको विवरण अध्यावधिक गर्ने काम समेत अहिलेसम्म सम्पन्न भएको छैन । यस्तै‚ कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने र विपक्षमा रहेका दलहरुसँग गठबन्धन गरेर सरकार निर्माण गर्ने विषयमा आफ्नो ठोस धारणा तय गर्न सकेको छैन ।

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले कांग्रेसको निर्णय पर्खिरहेको अवस्थामा यस विषयमा पनि ठोस निर्णय गर्नुपर्ने दबाबमा कांग्रेस रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ९ : ३५ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग