१७ असार २०८३, बुधबार | July 1, 2026

नेपाल पक्षीय एमाले स्थायी कमिटी बैठक जारी, अध्यक्ष ओली विरुद्ध नयाँ रणनीति बनाउने



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षीय स्थायी कमिटी बैठक जारी छ ।

कलंकीस्थित मेघा पार्टी प्यालेसमा जारी बैठकमा नेपाल पक्षले लिने नयाँ अभियानबारे छलफल भैरहेको छ ।

पार्टीभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै आफु सम्बद्ध नेताहरुमाथि कारवाही गर्न थालेपछि नेपाल पक्षले प्रतिवादको रणनीति बनाउन बैठक बसेको हो ।

अध्यक्ष ओलीले नवौं महाधिवेशनको विधान विपरित एकलौटी र स्वेच्छाचारी ढंगले पार्टीमा गुटगत गतिविधि बढाएको नेपाल पक्षको ठहर छ । नेपाल पक्षले ओलीले एमाले पार्टी मात्रै नभएर सिंगो कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस गर्न लागेको आरोप लगाएको छ ।

वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ओलीले ६ महिनाका लागि साधारणसदस्यबाट समेत निलम्बन गरेका छन् । ओलीले आफुले भनेअनुसार नसच्चिए उनीहरुलाई थप कडा कारवाही गर्ने चेतावनी दिएका छन् । तर, कारवाहीमा परेका चारै नेताले ओली आफै एमालेको अवैधानिक अध्यक्ष भएको र उनले विधान विपरित गरेको कारवाहीको कुनै औचित्य नभएको बताउँदै आएका छन् ।

अहिलेसम्म प्रतिक्रियात्मक अवस्थामा रहेको नेपाल पक्षले सधैंभर यसरी बस्न नसक्ने निस्कर्षमा पुगेको छ । प्रतिििक्रयात्मक मात्रै बन्दा थप बढी क्षति हुनसक्ने भन्दै नेपाल पक्ष आक्रमण ढंगले देशव्यापी समानान्तर पार्टी कमिटीहरु गठन गर्न सुरु गरेको छ । नेपाल पक्षले ओली एकलौटी रुपमा चल्न थालेको भन्दै अब उनीसँग आरपार सम्म गर्नुपर्ने अवस्था आउने सोचाइमा पुगेको बताइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १ : ०१ बजे

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै

फिफा विश्वकप : घरेलु मैदानमा इक्वेडरलाई हराउँदै मेक्सिको अन्तिम १६ मा प्रवेश

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६