२० बैशाख २०८१, बिहिबार | May 3, 2024

नेपाल पक्षीय एमाले स्थायी कमिटी बैठक जारी, अध्यक्ष ओली विरुद्ध नयाँ रणनीति बनाउने



काठमाडौं । नेकपा एमालेको नेपाल पक्षीय स्थायी कमिटी बैठक जारी छ ।

कलंकीस्थित मेघा पार्टी प्यालेसमा जारी बैठकमा नेपाल पक्षले लिने नयाँ अभियानबारे छलफल भैरहेको छ ।

पार्टीभित्र अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकपछि अर्को गर्दै आफु सम्बद्ध नेताहरुमाथि कारवाही गर्न थालेपछि नेपाल पक्षले प्रतिवादको रणनीति बनाउन बैठक बसेको हो ।

अध्यक्ष ओलीले नवौं महाधिवेशनको विधान विपरित एकलौटी र स्वेच्छाचारी ढंगले पार्टीमा गुटगत गतिविधि बढाएको नेपाल पक्षको ठहर छ । नेपाल पक्षले ओलीले एमाले पार्टी मात्रै नभएर सिंगो कम्युनिष्ट आन्दोलनलाई नै तहसनहस गर्न लागेको आरोप लगाएको छ ।

वरिष्ठ नेता नेपालसहित भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ओलीले ६ महिनाका लागि साधारणसदस्यबाट समेत निलम्बन गरेका छन् । ओलीले आफुले भनेअनुसार नसच्चिए उनीहरुलाई थप कडा कारवाही गर्ने चेतावनी दिएका छन् । तर, कारवाहीमा परेका चारै नेताले ओली आफै एमालेको अवैधानिक अध्यक्ष भएको र उनले विधान विपरित गरेको कारवाहीको कुनै औचित्य नभएको बताउँदै आएका छन् ।

अहिलेसम्म प्रतिक्रियात्मक अवस्थामा रहेको नेपाल पक्षले सधैंभर यसरी बस्न नसक्ने निस्कर्षमा पुगेको छ । प्रतिििक्रयात्मक मात्रै बन्दा थप बढी क्षति हुनसक्ने भन्दै नेपाल पक्ष आक्रमण ढंगले देशव्यापी समानान्तर पार्टी कमिटीहरु गठन गर्न सुरु गरेको छ । नेपाल पक्षले ओली एकलौटी रुपमा चल्न थालेको भन्दै अब उनीसँग आरपार सम्म गर्नुपर्ने अवस्था आउने सोचाइमा पुगेको बताइएको छ ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  १ : ०१ बजे

इन्टरनेट सेवा अवरूद्ध हुने कार्य नगर्न सेवा प्रदायकलाई सञ्चार मन्त्रालयको आग्रह

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा

सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा पन्त नियुक्त

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा. हेमराज पन्त नियुक्त भएका

वैशाख २८ गते संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान

काठमाडौँ  । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको दुबै सदनको अधिवेशन

ब्याण्डविथको रकम भक्तानी नगर्दा इन्टरनेट सेवामा समस्या

काठमाडौं । देशभर इन्टरनेट सेवामा समस्या देखिएको छ । इन्टरनेट

रेसुङ्गा पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेसुङ्गा धार्मिक तथा प्राकृतिक