१७ असार २०८३, बुधबार | July 1, 2026

प्रधानमन्त्री ओलीसँग राजीनामा माग्ने कांग्रेस केन्द्रीय समितिको निर्णय, आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने



काठमाडौं । सत्ता समिकरणका बिषयमा मौन बस्दै आएकोे नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार बनाउने पहलकदमी थाल्ने भएको छ।

शुत्रबार साँझ अबेर गरि सकिएको केन्द्रीय कार्यसमितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेर कांग्रेस नेतृत्वमा सरकार गठन गर्न नेतृत्व लिने निर्णय गरेको हो। पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठक अघि शीर्ष नेताहरु प्रधानमन्त्री ओलीको राजीनामा माग्ने बिषयमा सहमत भएका थिए ।

कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट ओली सरकार हटाएर नयाँ सरकार बनाउने माग गर्दै आएपनि सभापति शेरबहादुर देउवा भने वातावरण नबनेको भन्दै ओली हटाउने बिषयमा मौन बस्दै आएका थिए । कांग्रेसलाई नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले सरकारको नेतृत्व लिन आग्रह गरिरहे पनि कांग्रेस सभापति देउवाले अनिच्छा प्रकट गर्दै आएका थिए।

प्रधानमन्त्रीको राजीनामा माग्ने भन्ने निर्णय भएपनि हटाउनका लागि पहलकदमी लिने बिषयमा निर्णय नभएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले बताए ।

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  ११ : ११ बजे

यातायात व्यवसायीले नै गरे भाडा समायोजन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै