१७ असार २०८३, बुधबार | July 1, 2026

नेकपा एमाले नेपाल पक्षले आज छुट्टै संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणा गर्दै



काठमाडौं । नेकपा एमाले नेपाल पक्षले आज छुट्टै संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणा गर्दैछ ।

अभियानको तयारी तथा कार्ययोजना बनाउन नेपाल पक्षको स्थायी समितिको बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजे बस्ने बैठकले देशव्यापी रुपमा संगठन सदृढीकरण तथा कार्यकर्ता प्रशिक्षण अभियान घोषणाको औपचारिक निर्णय गर्ने बताईएको छ ।

नेपाल पक्षले चैत्र ४ र ५ गते ललितपुरमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा आएको सुझावहरुलाई समेटेर बैठकले कार्यक्रम तय गर्ने नेपाल पक्षका नेता योगेश भट्टराईले जानकारी दिएका छन् ।

नेपालपक्षले राष्ट्रियभेला यता देशब्यापी समानान्तर गतिविधि संचालन गर्दै आएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले भने गुटगत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष भीम रावल, उपमासचिव घनश्याम भुसाल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरेका छन् ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : ५० बजे

यातायात व्यवसायीले नै गरे भाडा समायोजन गर्न माग

काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले गए रातिदेखि पेट्रोलियम

श्रीमानले जङ्गली जनावरका लागि राखेको विद्युतीय पासोमा श्रीमती परेपछि…

गुल्मी । यहाँको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जङ्गली जनावर धपाउनका लागि

साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र

राष्ट्र बैंकको ४५ अर्बको ऋणपत्रमा आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ४५ अर्ब बराबरको एकवर्षे

पासपोर्ट खरिद प्रकरणमा जर्मनीको प्रष्टिकरण : नेपाललाई कुनै चेतावनी नदिएको दाबी

काठमाडौं । नेपाली राहदानी (पासपोर्ट) खरिद प्रक्रियासँग सम्बन्धित विषयमा हालै