१ पुस २०८२, मंगलबार | December 16, 2025

एकै दिन थपिए ३३७ नयाँ कोरोना संक्रमित, काठमाडौमा मात्र ११६ थपिए



काठमाडौं । नेपालमा हरेक दिन कोरोना संक्रमितको संख्या थपिंदै गएको छ । २ अंकमा झरेको कोरोना संक्रमितको संख्या पछिल्लो २४ घण्टामा थपिएर ३३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ३ हजार ५३२ पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी काठमाडौँमा ११६ जनामा कोरोना पुष्टि भएको छ।

आजको तथ्याँकसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ७२५ पुगेको छ। पछिल्लो २४ घण्टामा १ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ भने १५१ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा २ लाख ७३ हजार ८८६ जना कोरोना संक्रमित निको भएका छन्भन् संक्रमणका कारण ३ हजार ३९ जनाले ज्यान गुमाएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  ५ : ३८ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा