१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

लुम्बिनी प्रदेशका मन्त्री भन्छन् : प्रदेश सरकार छिट्टै परिवर्तन हुन्छ



बुटवल । लुम्बिनी प्रदेशकै एक मन्त्रीले सरकार छिटै परिवर्तन हुने दाबी गरेका छन् ।

प्रदेशका आन्तरिक तथा कानुन मन्त्री कुलप्रसाद केसीले बुटवलमा आइतबार रिपोर्टस क्लबले आयोजना गरेको कार्यक्रममा प्रदेश सरकार छिट्टै परिवर्तन हुने दावी गरेका हुन् ।

पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीलाई बधाई तथा सम्म्मान कार्यक्रममा बोल्दै मन्त्री केसीले केन्द्रमा राजनीतिक परिवर्तन भएका कारण त्यसको प्रभाव प्रदेशमा पनि परेको जनाउँदै प्रदेश सरकारसमेत परिवर्तन हुने जिकिर गरेका हुन् । उनले सरकार परिवर्तनका लागि प्रदेशसभामा क्रियाशील राजनीतिक दलहरुसँग छलफल भैरहेको बताए ।

केसीले प्रदेशको राजनीति पनि विधि र विधान अनुसार नै चल्ने भएकाले छिट्टै निकास निस्कने अपेक्षा गरे । केसी माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्दै लुम्बिनी प्रदेशमा मन्त्री छन् । उनीसँगै माओवादी केन्द्रबाट सुदर्शन बराल समेत मन्त्री रहेका छन् ।

मुख्यमन्त्री शंकर पोखरेलले भने आफ्नो सत्ता जोगाउनका लागि जनता समाजवादी पार्टीसँग छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ११ : ३० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम