२७ आश्विन २०८३, मंगलबार | October 13, 2026

विद्यालय बन्द नगर्न सरकारलाई प्याब्सनको आग्रह



काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले विद्यालय बन्द नगर्न आग्रह गरेको छ ।

प्याब्सनले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै स्वास्थ्य मन्त्रालयले काठमाडौंसहित प्रमुख शहरमा विद्यालय बन्द गर्ने तयारीप्रति असन्तुष्टिसमेत जनाएको छ ।

प्याब्सनले निजी विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमध्ये पनि भौगोलिक, अभिभावकको आर्थिक तथा सामाजिक अवस्था, इन्टरनेटको उपलब्धता आदिका कारण ५० प्रतिशत विद्यार्थीलाई अनलाइन कक्षाले समेट्न नसकेको विगतको लकडाउनबाट पुष्टि भएको बताएको छ। स्वास्थ्य मापदण्डसहित विद्यालय सञ्चालन गर्नुपर्ने मागसमेत गरेको छ ।

‘मुलुकभर कोरोना संक्रमणको वृद्धि दर एकनासको नभएको यथार्थलाई समेत मध्यनजर गरीअत्यन्त आवश्यक भए सम्बन्धित विद्यालय अथवा सम्बन्धित पालिकामा मात्रै केही निश्चित समयका लागि मात्रै प्रतिबन्धनात्मक व्यवस्था गरी अन्य ठाउँमा सहज रुपमा शैक्षिक संस्थाहरु स्वास्थ्य सावधानिका उपायहरु अवलम्बन गरी सहज तरिकाले सञ्चालन हुने वातावरण सिर्जना गरिदिनुहुन नेपाल सरकार समक्ष माग गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ ।

‘कोरोनालाई जीवनको एउटा हिस्साको रुपमा स्वीकार्दै कोरोनासँग संघर्ष गर्दै जनजीवनलाई यथासम्भव सहज बनाउनेतर्फ पहल कदमी गर्न जरुरी रहेको छ’ विज्ञप्तिमा भनिएको छ । शिक्षालयका शिक्षक-कर्मचारीलाई कोरोना खोप दिन पनि प्याब्सनले माग गरेको छ ।

विज्ञप्ति:

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ३ : १५ बजे

सांसद खगेन्द्र सुनारमाथि रास्वपाको आन्तरिक छानबिन, सार्वजनिक कार्यक्रममा रोक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारमाथि

पोखरामा दसैँका लागि भेडाच्याङग्रा बिक्री गर्न हाटबजार सञ्चालन

कास्की । वडासैँलाई लक्षित गरी पोखरामा १४ हजार ८०० भेडाच्याङ्ग्रा

उपत्यका छाड्ने यात्रुको चाप उच्च

काठमाडौं । बडादसैँ नजिकिएसँगै काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको

ओडीआई मान्यता जोगाउने लक्ष्यसहित नेपालले आज ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ शृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग

सीमापारी जाने उपभोक्ता घट्दै, नेपालगञ्जमा बढ्यो चहलपहल

राँझा । नेपालगञ्जस्थित जमुनाह नाकामा कडाई गरिएपछि यसपटक सीमावर्ती भारतीय