१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

संक्रमणको प्रभाव शैक्षिक संस्थामा



काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ ।

संक्रमणदर दिनप्रतिदिन बढ्दै गएपछि शैक्षिक संस्था मारमा परेका छन् । भर्खरै गति लिन थालेका शैक्षिक संस्था पुनः संक्रमण बढेपछि प्रभावित हुने देखिएको हो । केही विद्यालयको अहिले पनि परीक्षा सञ्चालन भइरहेको छ भने केही विद्यालयमा पाठ्यक्रम सक्नेगरी भौतिक उपस्थितिसहित पठनपाठन भइरहेको छ ।

तर, संक्रमण बढ्दै गएपछि शैक्षिक सत्र र परीक्षालगायत शैक्षिक क्रियाकलाप नै अनिर्णित हुने देखिएको हो । स्वास्थ्य मन्त्रालयले जोखिम क्षेत्रका विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालनको प्रस्ताव अघि बढाएको छ । यसले पनि शैक्षिक संस्थामा थप अन्योलता बढाएको हो ।

निजी विद्यालयको छाता संगठन प्याब्सनले पर्याप्त सावधानी अपनाएर विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ । प्याब्सनका अध्यक्ष टीकाराम पुरीले स्वास्थ्य सतर्कता अपनाउँदै विद्यालय नियमित रूपमा सञ्चालन हुन दिनुपर्ने आवश्यकता औंल्याए ।

देशभरि कोरोना संक्रमणको वृद्धिदर एकनासको नभएको भन्दै संक्रमण दर बढी भएको स्थानमा सम्बन्धित विद्यालय अथवा पालिकामा मात्र केही निश्चित समयका लागि मात्र प्रतिबन्धात्मक व्यवस्था गर्ने विकल्प खोज्नुपर्ने प्याब्सनको भनाइ छ । प्याब्सनका अध्यक्ष पुरीले विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको व्यवस्था गर्नुपर्ने, स्वास्थ्य मापदण्ड पूर्णतः पालना गर्नुपर्ने भन्दै विद्यालय बन्द गर्न उपयुक्त नहुने बताए ।

प्याब्सनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आवश्यकताअनुसार शिक्षालयमा तातोपानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेसन कक्ष, भौतिक दूरीको व्यवस्थापनजस्ता कार्य सरकारका सम्बन्धित निकायको सहयोग र समन्वयमा गर्दै जानु उपयुक्त हुन्छ । शिक्षालयमा कार्यरत शिक्षक, कर्मचारीलाई कोभिड-१९ विरुद्धको खोपको प्रबन्ध तुरुन्तै गर्न नेपाल सरकारसँग हाम्रो अनुरोध छ ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकमा अवस्था हेरेर जोखिम स्थानमा विद्यालय बन्द गर्न सकिने प्रस्ताव लगेको थियो । सो प्रस्तावलाई सीसीएमसीले अगाडि बढाइसकेको छैन ।

शिक्षा मन्त्रालयले सरोकारवाला निकायसँग छलफल गरेर सो प्रस्तावअघि बढाउने तयारी छ । कोरोना संक्रमण बढेपछि शिक्षा मन्त्रालयले सरोकारवाला निकायलाई सोमबार (आज) छलफल गर्न बोलाएको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ६ : ४१ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना