१७ असार २०८३, बुधबार | July 1, 2026

एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक



काठमाडौं । एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले समानात्नर कमिटीहरु बनाउने अभियानलाई तिब्र पारेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि महाधिवेशनको तयारीलाई तिब्रता दिने भएका छन् । महाधिवेशनको तयारीलाई गति दिन भन्दै अध्यक्ष ओलीले बैशाख ६ गतेका लागि एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको एमालेका एक नेताले बताएका छन् ।

ती नेताका अनुसार बेशाख ६ गते बस्ने बैठक महाधिवेशनमा केन्द्रित रहने छ । बैठकले महाधिवेशनको तयारीका लागि जिम्मेवारी तोक्नुका साथै एजेण्डाहरुका बिषयमा पछि छलफल हुने छ ।

समानान्तर गतिविधि गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुुरेन्द्र पाण्डेलाई यस अघि नै ६ महिना निलम्बनको कारबाही गरेका छन् । बैठकले अझै केहि जिम्मेवारीमा रहेका नेपाल पक्षका नेताहरुलाई हटाएर आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने बताईएको छ।

गएको ७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको थियो । बैशाख ६ को बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने बुझिएको छ ।

 

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  २ : १२ बजे

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा

नेप्से परिसूचकमा ४४ अङ्कको बृद्धि

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज

रास्वपाको अनुशासन आयोग प्रमुखमा लेखनाथ पौडेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनपछि बसेको पहिलो

भारतसँग सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गर्छौं : परराष्ट्रमन्त्री

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धी बाँकी रहेका विवादहरू ऐतिहासिक

वैदेशिक रोजगारीमा लाखौँ ठगीको अभियोगमा पाँच जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश