२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एमाले अध्यक्ष ओलीले बोलाए केन्द्रीय कमिटीको बैठक



काठमाडौं । एमालेको वरिष्ठ नेता माधव कुमार नेपालले समानात्नर कमिटीहरु बनाउने अभियानलाई तिब्र पारेसँगै एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि महाधिवेशनको तयारीलाई तिब्रता दिने भएका छन् । महाधिवेशनको तयारीलाई गति दिन भन्दै अध्यक्ष ओलीले बैशाख ६ गतेका लागि एमाले केन्द्रीय कमिटीको बैठक बोलाएको एमालेका एक नेताले बताएका छन् ।

ती नेताका अनुसार बेशाख ६ गते बस्ने बैठक महाधिवेशनमा केन्द्रित रहने छ । बैठकले महाधिवेशनको तयारीका लागि जिम्मेवारी तोक्नुका साथै एजेण्डाहरुका बिषयमा पछि छलफल हुने छ ।

समानान्तर गतिविधि गरेको भन्दै ओलीले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुुरेन्द्र पाण्डेलाई यस अघि नै ६ महिना निलम्बनको कारबाही गरेका छन् । बैठकले अझै केहि जिम्मेवारीमा रहेका नेपाल पक्षका नेताहरुलाई हटाएर आफूलाई साथ दिनेहरुलाई विभिन्न जिम्मेवारी दिने बताईएको छ।

गएको ७ चैतमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले कार्यविभाजनको प्रस्ताव तयार पार्न उपमहासचिव विष्णुप्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र नेता टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको थियो । बैशाख ६ को बैठकमा नेताहरुको कार्यविभाजनको प्रस्ताव पेश गर्ने बुझिएको छ ।

 

 

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  २ : १२ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa