१५ चैत्र २०८२, आइतबार | March 29, 2026

संविधान बचाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक : प्रदीप गिरी



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले संविधान बचाउनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले राष्ट्रिय सहमतिका लागि आह्वान गर्दै संविधानलाई बचाउनका लागि सोही अनुसारको सरकार बन्नुपर्ने बताएका हुन् ।

गिरीले सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि संविधानलाई कसरी बचाउने भन्ने प्रश्न गम्भीर भएको बताए । सबै मिलेर सहमतिमा चुनावमा जाने अवस्था बनाउनुपर्ने उनको भनाइ थियो ।

आज म सबैभन्दा पहिले यस सदनका माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्न चाहन्छु। को प्रधानमन्त्री बन्ने भन्ने कुरामा मानौं प्रधानमन्त्री सडकमा फ्याकिएको छ। शेरबहादुर देउवा, महन्थ ठाकुर, पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली त चिरञ्जीवि भइहाल्ने कुरा आएको छ।’ गिरीले भने, ‘ प्रश्न सरकारको होइन, सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन, यो संविधानलाई बचाएर अगाडि कसरी अघि बढ्ने हो ?’

उनले प्रश्न गरे, संविधानलाई २०४७ सालको संविधानजस्तै विजोग गर्ने हो ? अथवा चुच्चे नक्साजस्तै विजोगमा लैजाने हो ?’

सांसद गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि संसद विघटन गर्ने खेल नखेल्न आग्रह गरे । प्रधानमन्त्री ओलीकै कारण संसदलाई अस्थिर बनाइएको उनले अब त्यसलाई रोकेर पूरा समय संसद चल्ने वातावरण बनाउनुपर्ने जिकिर गरे । गिरीले प्रधानमन्त्रीका कारण संकट आइपरेको बताउँदै सकुनीले पासा फालेजस्तो नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ३ : ११ बजे

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा