६ बैशाख २०८१, बिहिबार | April 19, 2024

संविधान बचाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक : प्रदीप गिरी



काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरिले संविधान बचाउनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद गिरीले राष्ट्रिय सहमतिका लागि आह्वान गर्दै संविधानलाई बचाउनका लागि सोही अनुसारको सरकार बन्नुपर्ने बताएका हुन् ।

गिरीले सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि संविधानलाई कसरी बचाउने भन्ने प्रश्न गम्भीर भएको बताए । सबै मिलेर सहमतिमा चुनावमा जाने अवस्था बनाउनुपर्ने उनको भनाइ थियो ।

आज म सबैभन्दा पहिले यस सदनका माध्यमबाट राष्ट्रिय सहमतिका लागि आह्वान गर्न चाहन्छु। को प्रधानमन्त्री बन्ने भन्ने कुरामा मानौं प्रधानमन्त्री सडकमा फ्याकिएको छ। शेरबहादुर देउवा, महन्थ ठाकुर, पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली त चिरञ्जीवि भइहाल्ने कुरा आएको छ।’ गिरीले भने, ‘ प्रश्न सरकारको होइन, सरकारको नेतृत्व कसले गर्छ भन्ने होइन, यो संविधानलाई बचाएर अगाडि कसरी अघि बढ्ने हो ?’

उनले प्रश्न गरे, संविधानलाई २०४७ सालको संविधानजस्तै विजोग गर्ने हो ? अथवा चुच्चे नक्साजस्तै विजोगमा लैजाने हो ?’

सांसद गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेरि संसद विघटन गर्ने खेल नखेल्न आग्रह गरे । प्रधानमन्त्री ओलीकै कारण संसदलाई अस्थिर बनाइएको उनले अब त्यसलाई रोकेर पूरा समय संसद चल्ने वातावरण बनाउनुपर्ने जिकिर गरे । गिरीले प्रधानमन्त्रीका कारण संकट आइपरेको बताउँदै सकुनीले पासा फालेजस्तो नगर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

प्रकाशित मिति : ३० चैत्र २०७७, सोमबार  ३ : ११ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी