८ बैशाख २०८३, मंगलबार | April 21, 2026

नेपालमा बढ्दै कोरोना संक्रमण दर, १२ जनामा परीक्षण एकमा संक्रमण



काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो ।

हाल, भारतमा दैनिक एक लाखभचन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रत्येक १२ जनाको परीक्षण गर्दा एकजनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो एक साता आधार मान्दा २८ हजार १ सय ८२ जनाको कोरोना परीक्षण गर्दा २ हजार ४ सय १८ मा संक्रमण देखिएको छ । गत मंगलबार ४ हजार २ सय ४३ जनामा परीक्षण गर्दा २ सय ६० जनामा संक्रमण देखिएको थियो । गत बुधबार ४ हजार १ सय जनामा परीक्षण गर्दा ३ सय ३९, बिहीबार ४ हजार ६ जनामा परीक्षण गर्दा ३ सय ३२, शुक्रबार ४ हजार ७१ जनामा परीक्षण गर्दा २ सय ८८ जनामा कोरोना देखिएको छ ।

मन्त्रालयका अनुसार गत शनिबार ३ हजार ५ सय ३२ जनाको कोरोना परीक्षण गर्दा ३ सय ३७, आइतबार ३ हजार १ सय २५ जनाको परीक्षण गर्दा ३ सय ३ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित संख्या सोमबार पाँच सय नाघेको छ । सोमबारै ५ हजार १ सय ५ जनाको परीक्षण गर्दा ५ सय ५९ मा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रामलयका अनुसार गत २४ घण्टामा १३ संक्रमितको मृत्यु भएको विवरण प्राप्त भएको छ । पछिल्लो २४ घण्टामा भने ८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतक संख्या ३ हजार ५३ पुगेको छ ।

यसअघि, आइतबार एक संक्रमितको मृत्यु भएको थियो । देशभर हालसम्म संक्रमित संख्या २ लाख ८० हजार ५ सय २४ पुगेको छ । हाल, देशभर ८५ जना क्वारेन्टाइनमा छन् । कुल संक्रमितमध्ये सोमबारमात्रै २ सय ११ मात्र काठमाडौं उपत्यकामा भेटिएका छन् । काठमाडौंमा १ सय ५९, ललितपुरमा ४४ र भक्तपुरमा ८ संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ । केही दिनयता संक्रमित संख्या बढेसँगै आईसीयूमा समेत चाप बढेको छ । संक्रमितमध्ये आईसीयूमा ४६ र १३ भेन्टिलेटरमा उपचारत छन् । मुख्यतः सीमाकामा परीक्षण दर बाक्लो छ ।

गत ६ देखि २९ चैतसम्म आधार मान्दा गड्डाचौकी हेल्थडेस्कमा ४३, जमुनाह हेल्थ डेस्क नेपालगन्जमा २१, कृष्णनगर हेल्थडेस्कमा ४ सय २३, इनरुवा हेल्थडेस्क पर्सामा दुई जनामा संक्रमण देखिएको छ । यसैबीच, सोमबारदेखि चिनियाँ कम्पनीको कोभिड खोप भेरोसेल चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएकालाई पनि लगाइँदै छ ।

स्वास्थ्य मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका सर्वसाधरणलाई खोप लगाउने तयारी थालेको छ । स्वास्थ्यकर्मी फार्मेसीका कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकसहित अत्यावश्यक सेवामा खटिएकालाई खोप लगाइने छ ।

त्यस्तै, ४० देखि ५९ वर्षका सर्वसाधरणले खोप केन्द्रमा गएर कोभिडविरुद्धको खोप लगाउन सक्नेछन् । २९ चैतसम्म ३१ हजार जनाले भेरोसेल खोप लगाएका छन् । यसैगरी, कोभिड-१९ दोस्रो लहरले प्रभावित तुल्याए पनि तत्काल शिक्षण संस्था बन्द नगर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सोमबार आयोजना गरेको सरोकारवालासँगको छलफलमा उनीहरूले बन्द ‘अन्तिम उपाय’ नभएको बताएका छन् ।

नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अधिकार स्थानीय तहलाई प्रदान गरेको सन्दर्भमा विद्यालय बन्द वा सञ्चालन गर्ने भन्ने निर्णय अधिकार स्थानीय तहलाई नै रहने भएकाले केन्द्रबाट निर्णय लिइरहनु उपयुक्त नहुने तर्क उनीहरूको छ । छलफलमा नेपाल नगरपालिका महासंघ अध्यक्ष अशोक ब्याञ्जुले संविधानले एकल अधिकारका रूपमा माध्यमिक तहसम्मको शिक्षा अधिकार प्रत्यायोजन गरेको उल्लेख गर्दै ‘अब विद्यालय बन्द र खोल्ने अधिकार स्थानीय तहलाई सुम्पनुपर्ने’ माग गरे ।

नेपाल अभिभावक महासंघ अध्यक्ष सुप्रभात भण्डारीले गृह, शिक्षा र स्वास्थ्य मन्त्रालयबीच तालमेल नभएका कारण विद्यालय खोल्ने र बन्द गर्ने विषयका कुनै निर्णय कार्यान्वयन हुन नसकेको तर्क गर्दै मन्त्रालयले गरेको निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) टीकाराम पुरी र राष्ट्रिय प्याब्सनका महासचिव सुवास न्यौपानेले कोरोनाका नाममा ‘नेपालमा आतंक सिर्जना गर्न खोजेको’ भन्दै १० महिना विद्यालय बन्द गर्दा निजी विद्यालय सञ्चालकलाई ठुलो पिडा भएको उल्लेख गरे ।

उनीहरूले भौतिक रूपमा स्कुल बन्द गर्ने समय नआएको, भीड घटाउने उपाय अबलम्बन गर्नुपर्ने, दिन बिराएर वा एकैदिन दुई सिङ्खट कक्षा सञ्चालन गरेर आलोपालो पठनपाठन सञ्चालन गर्नुपर्नेलगायतका विधि अपनाउन सुझाव दिए । शिक्षा सचिव रामप्रसाद थपलियाले अवस्था हेरेर मन्त्रालयले निर्णय गर्ने जानकारी दिएका छन् । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ७ : १९ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई