७ आश्विन २०८३, बुधबार | September 23, 2026

रुपन्देहीमा बन्यो एमाले नेपाल पक्षको समानान्तर जिल्ला कमिटी



बुटवल । नेकपा एमालेको नेपाल पक्षले रुपन्देहीमा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । पार्टी एकिकरण भएर नेकपा भएकै अवस्थामा अध्यक्ष बनाईएका युवा नेता राजु गुरुङलाई समानान्तर कमिटीको अध्यक्ष बनाईएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अस्तित्वमा रहेकै अवस्थामा नेपाल प्रचण्ड पक्षले गुरुङलाई अध्यक्ष बनाएर अध्यक्ष रहेका बुटवल उपमहानगरका मेयर शिवराज सुबेदीलाई अध्यक्षबाट हटाईएको थियो ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा नेपाल पक्षले २०५ सदस्सीय जिल्ला कमिटी घोषणाा गरेको हो।

नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराई रहेका छन् ।

जिल्ला कमिटीको विस्तारित बैठकबाट एमाले रुपन्देही जिल्ला कमिटीको पुनर्गठन गरिएको नव गठित जिल्ला कमिटीका सह सचिव सिद्धिचरण भट्टराईले जानकारी दिए । उनले बैठकले क्षेत्रीय कमिटी, पालिकास्तरीय ईन्चार्ज र जनवर्गीय संगठनमा संयोजकसमेत तोकिएको जिल्ला सदस्य खेम लुइटेलले जानकारी दिए।

देशैभर एमालेमा विवाद चुलिँदै गएपछि नेपाल पक्षले समानान्तर कमिटी घोषणालाई तीव्रता दिएको छ। यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा समानान्तर कमिटी पुनर्गठन गरिसकेको छ।

 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ३ : ०८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११