२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

रुपन्देहीमा बन्यो एमाले नेपाल पक्षको समानान्तर जिल्ला कमिटी



बुटवल । नेकपा एमालेको नेपाल पक्षले रुपन्देहीमा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । पार्टी एकिकरण भएर नेकपा भएकै अवस्थामा अध्यक्ष बनाईएका युवा नेता राजु गुरुङलाई समानान्तर कमिटीको अध्यक्ष बनाईएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा अस्तित्वमा रहेकै अवस्थामा नेपाल प्रचण्ड पक्षले गुरुङलाई अध्यक्ष बनाएर अध्यक्ष रहेका बुटवल उपमहानगरका मेयर शिवराज सुबेदीलाई अध्यक्षबाट हटाईएको थियो ।

नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा नेपाल पक्षले २०५ सदस्सीय जिल्ला कमिटी घोषणाा गरेको हो।

नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराई रहेका छन् ।

जिल्ला कमिटीको विस्तारित बैठकबाट एमाले रुपन्देही जिल्ला कमिटीको पुनर्गठन गरिएको नव गठित जिल्ला कमिटीका सह सचिव सिद्धिचरण भट्टराईले जानकारी दिए । उनले बैठकले क्षेत्रीय कमिटी, पालिकास्तरीय ईन्चार्ज र जनवर्गीय संगठनमा संयोजकसमेत तोकिएको जिल्ला सदस्य खेम लुइटेलले जानकारी दिए।

देशैभर एमालेमा विवाद चुलिँदै गएपछि नेपाल पक्षले समानान्तर कमिटी घोषणालाई तीव्रता दिएको छ। यसअघि नेपाल पक्षले लुम्बिनी प्रदेशका अर्घाखाँची, नवलपरासी र बाँकेमा समानान्तर कमिटी पुनर्गठन गरिसकेको छ।

 

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ३ : ०८ बजे

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री

शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ : मन्त्री गंगा श्रेष्ठ

सिन्धुली । बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन