७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

पर्वतका कोरोना संक्रमितको बुटवलमा मृत्यु, रुपन्देहीमा थपिए ४८ नयाँ संक्रमित



बुटवल । जिल्ला बाहिरबाट उपचारका लागि लुम्बिनी अस्पतालको कोरोना वार्डमा भर्ना भएका एकजना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।

भारतबाट फर्के लगत्तै स्वास्थ्यमा खराबी अएको पर्वत पयुँ ५ का ३८ वर्षिय पुरुषको आज उपचारका क्रममा मृत्यु भएको हो । बिगत १० दिन देखि उच्च ज्वरो आएपनि उनको ५ दिन अघि मात्र स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । गत चैत्र २९ गते लुम्बिनी अस्पतालको कोरोना उपचार कक्षमा भर्ना भएका उनको आज साँझ ६ः२० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

रुपन्देहीमा आज मात्र नयाँ ४८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार बुटवल उपमहानगरमा मात्र २१ जना कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीमा हाल सम्म १५७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : २३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल