७ चैत्र २०८२, शनिबार | March 21, 2026

कोरोना संक्रमणबाट पर्सा, मोरङ र बाँकेमा ३ जनाको मृत्यु



काठमाडौं । पर्सा, बाँके र मोरङ गरि ३ जना कोरोना संक्रमितहरुको मृत्यु भएको छ। पर्साको वीरगञ्ज्जको नारायणी अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ बस्ने ४२ वर्षीया महिला चैत २९ गते अस्पताल भर्ना भएकी थिइन । सोही दिन गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । ती उपचाररत महिलाको आज विहान ८ः १६ मा मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

यस्तै मोरङको विराटनगरस्थित कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-४ बरगाछीकी ४६ वर्षीया महिलाको आज विहान साढे ४ बजेतिर मृत्यु भएको हो ।

यस्तै कोरोना संक्रमणबाट बाँकेका ४२ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो ।

 

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १० : ४४ बजे

उज्यालो नेपाल पार्टीद्वारा प्रधानमन्त्री कार्कीलाई धन्यवाद

काठमाडौँ । उज्यालो नेपाल पार्टीले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा मुलुक

प्रतिकिलो रु १० मा पनि बिक्दैन आलु

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका पाँचखाल, मण्डनदेपुर, नाला तथा पनौती क्षेत्रमा हाल

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी मुख्यालय तानिए

काठमाडौँ । कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा

हिउँमा फसेका २५० यात्रुको उद्धार

बागलुङ । भारी हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गमा फसेका यात्रुको

विभेद्जन्य गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याइने छ : महानिरीक्षक कार्की

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जाति तथा