१५ बैशाख २०८१, शनिबार | April 27, 2024

केपी ओली र महन्त ठाकुर सबैभन्दा असंगतिला पात्र : घनश्याम भुसाल



बुटवल । नेकपा एमालेका उपमासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्त ठाकुर सबैभन्दा असंगतिला पात्र भएको आरोप लगाएका छन् । एमालेको नेपाल पक्षको प्रेस चौतारीले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव भुसालले प्रधानमन्त्री ओलीले आफ्नै पार्टीका नेतालाई लखेटेर उनै असंगतिला महन्थहरुसँग सँग गठबन्धन गरेर सरकार बनाउन खोजेको बताए ।

उनले संसदमा वामपन्थीको बहुमत हुदाहुँदै पार्टीका नेतालाई लखेटेर महन्थहरुसँग गठबन्धन गर्नुले राजनीतिमा विसंगति आउन थालेको बताए ।

भुसालले ओलीले कुर्सीको अहङ्कार त्यागे वाम गठबन्धन अझै सम्भव रहेको बताउँदै ओलीले बिगारेको राजनीति जिम्मेवारी लिने हिम्मत गर्ने र कुर्चीमा बस्ने अहङ्कार छाडे वाम गठबन्धन सम्भव रहेको दाबी गरे ।

ओलीबाट निल्म्बित नेता भुसालले ओलीले आफू सत्तामा रहिरहने चाहनाको तृष्णाले राजनीतिक सहमति कमजोर बनेको ठोकुवा गरे।

फरक प्रसंगमा भुसालले आफूहरू एमालेको गरिमा र प्रतिष्ठा बचाउन लागिपरेको बताउँदै आफुहरुओलीले बिगारेको राजनीति फिर्ता गर्न चाहेको जिकीर गरे । उनले ओलीले बिगारेको राजनीतिको क्षतिपूर्ति भर्नकै लागि ७० जिल्लामा आफुहरुले कमिटी ब्युँताउँदै लगेको तर्क गरे ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहिबार  १ : २४ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म