१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपालमा पछिल्लो २४ घन्टामा ९०० जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार अनुसार देशभर ६ हजार १ सय ५८ गरिएको नमुना परीक्षणको नतिजामा कुल ९ सय जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका ९ सय जनासँगै देशभर कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ८ सय ९० पुगेको छ । यीमध्ये ५ हजार ८ सय जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

काठमाडौंमा २ सय ८६ , ललितपुरमा ४३ र भक्तपुरमा १९ जना गरी उपत्यकामा ३ सय ४८ जना संक्रमित थपिएका छन् ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ सय जना र भेन्टिलेटरमा ३८ जना उपचाररत छन् ।

मंगलबार देशभर ५ सय ८ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । पछिल्लो २४ घन्टामा संक्रमणमुक्त भएका २ सय ८ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ७४ हजार ८ सय १२ जना पुगेको छ । निको हुने दर ९७.१ प्रतिशत रहेको छ ।

मन्त्रालयका अनुसार आज कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : १८ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज