७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक सुरु, को-को छन सहभागी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेका लागि बोलाइएको बैठक केही बेरअघि मात्र सुरु भएको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली लगायत मन्त्रीहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेल सहभागी छन । त्यस्तै, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा लगायत कांग्रेसबाट रामचन्द्र पौडेल र बालकृष्ण खाँड सहभागी भएका छन ।

त्यस्तै जसपाका नेताहरु महन्थ ठाकुर र लक्ष्मणलाल कर्ण पनि बैठकमा सहभागी भएका छन । राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनी, नेपाल मजदुर किसान पार्टीका सांसद् प्रेम सुवाल पनि बैठकमा सहभागी भएका छन ।

बैठकको सुरु गर्दै प्रधानमन्त्री ओली कोभिडको बढ्दो महामारी र सरकारको तर्फबाट चालिएका कदम लगायतका विषयमा छलफल हुने बताए ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छैनन । त्यस्तै, जसपाका अध्यक्षहरु डा बाबुराम भट्टराई र उपेन्द्र यादव पनि बैठकमा सहभागी छैनन।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १२ : ०० बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल