२४ बैशाख २०८१, सोमबार | May 6, 2024

डोटीमा भारतबाट फर्किएका ५९ मा कोरोना संक्रमण पुष्टि



डोटी । भारतबाट रोजगारी गरी घर फर्किएका ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार सुदूरपश्चिमको गौरीफन्टा नाका हुँदै नेपाल फर्किएका कम्तीमा पनि १ हजार ४५ जनामध्ये ४७५ जनाको एन्टिजेन परीक्षण गर्दा ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय भारतबाट रोजगारी गरी घर फर्किएका सुदूरपश्चिम प्रदेशका नागरिकमा कोरोना संक्रमण बढ्ने क्रम देखिएको छ ।

कोरोना संक्रमण बढ्दै गएको र डोटीका स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाले कोरोना रोकथामका लागि खासै उल्लेख्य कदम चाल्न नसकेको भन्दै स्थानीयमा त्रास उत्पन्न हुन थालेको दिपायल सिलगढी नगरपालिका-४ का वीरबहादुर विष्टले बताए ।

‘भारतबाट काम गरी फर्किने नागरिकमा कोरोना देखिँदैछ, रोकथामका लागि खासै पहल भएको छैन, त्रास नभए के हुनु,’ उनले भने ।

जिल्लाका स्थानीय तहले भारतबाट घर फर्किएका नागरिकलाई राख्नका लागि क्वारेन्टीन समेत निर्माण नगरेकाले उनीहरू सिधै आ-आफ्ना घर जान थालेको बताइएको छ ।

नागरिक सिधै गाउँ पस्न थालेका कारण गाउँघरमा कोरोना संक्रमण बढ्दै जाने तथा पछि गएर कोरोनाले महामारीको रूप लिन सक्नेभन्दा यहाँका गाउँघरमा रहेका नागरिकमा त्रास उत्पन्न हुन थालेको हो ।

डोटीको स्थानीय प्रशासनले भारतबाट रोजगारी गरी घर फर्किएका नागरिकलाई अनिवार्य १५ दिन क्वारेन्टीन राख्नुपर्ने निर्णय गरेको भए पनि निर्णयको पालना नहुँदा झनै समस्या भएको बताइएको छ । रासस

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  १ : ५२ बजे

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा