७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आजको मौसम : पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना



काठमाडौं । पहाडी भू-भागका थोरै स्थानमा आज मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ ।

विभागका अनुसार आज राति पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहने छ ।

देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ विभागले जनाएको छ ।

मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीको सम्भावना रहेकाले सतर्क हुन विभागले नागरिकलाई आग्रह गरेको छ । केही दिन यता हरेकदिन अपहराह्न्न पछि हावाहुरी, चट्टयाङ्गसहित सामान्य वर्षा हुँदै आएको छ ।

स्थानीय वायु सक्रिय भएर हावाहुरी, चट्टयाङ्गसहित सामान्य वर्षा भए पछि केही हप्ताअगाडि बाट नियमित रुपमा लाग्दै आएको तुवाँलो हटेको छ । बाक्लो तुुँवालो लागेर वायु प्रदूषण बढेपछि सरकारले चारदिन देशभरका विद्यालय बन्द गरेको थियो ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ६ : ५४ बजे

गोकुल बाँस्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !

काठमाडौं । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एकीकृत

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

सिन्धुपाल्चोक । जिल्लाको पिस्कर-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन

शुद्ध नेपाली अर्गानिक चलचित्र हो ‘मनसरा’ : निर्देशक सुब्बा

बुटवल । जारी चलचित्रको सफलतापछि अभिनेतामा गनिएका उपेन्द्र सुब्बा एकाएक