१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नेपालगन्ज कोरोनाको ‘हटस्पट’ बन्न थालेपछि जाग्यो प्रहरी, भारतमा किनमेल गर्न जान पूर्ण प्रतिबन्ध



नेपालगन्ज । जिल्लामा कोरोनाको कहर बढेपछि बाँके प्रशासनले सिमावर्ती बजार रुपैडियामा किनमेल जाने सर्वसाधारणमाथि कडाई गरेको छ । जिल्ला कोभिड १९ संकट ब्यवस्थापन समिति (डीसीसीएमसी)ले निर्णय गरेको भोलिपल्ट देखि प्रशासनले सिमामा कडाई थालेको हो ।

डीसीसीएमसीले अत्यावश्यक काम वा औषधी उपचार वा चिकित्कसकको प्रिस्केप्सनका आधारमा औषधी किन्न बाहेक सिमा पारी जान पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेसँगै प्रहरीले सिमामा कडाई गर्न थालेको हो ।

औषधी किन्न जाने बहानामा दैनी उपभोग्य सामान लिएर आएका सयौं सर्वसाधारणले ल्याएको उपभोग्यसामान प्रहरीले आजबाट जफत गर्न थालेको छ । सर्वसाधारणले ल्याएको दैनीक उपभोग्य समान प्रहरीले जफत गरेपछि आज मध्यान्ह जमुनाहा नाकामा केहिबेर सर्वसाधारण र प्रहरीबीच नताव समेत भएको थियो ।

प्रशासाले सिमामा कढाई गर्न थालेपछि जमुनाहा नाका सुनसान जस्तै बनेको छ । किनमेलका लागि भारतीय बजारमा जान रोक लगाएपछि किनमेलका लागि सर्वसाधारण आउने क्रम घटेको सिमा प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले शुक्रवार भारतीय सीमा बजारबाट किनमेल गरेर ल्याएको ठूलो परिमाणको खाद्य बस्तु नेपालगन्ज नाकाबाट नियन्त्रणमा लिएको थियो ।

 

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : ०५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान