७ आश्विन २०८३, बुधबार | September 23, 2026

महाधिवेशन आयोजक समिति बनाउने प्रावधान नै बिधानमा नभएको दाबी गर्दै एमालेको नेपाल पक्ष निर्वाचन आयोगमा



काठमाडौं । नेकपा एमालेमा समानान्तर कमिटी निर्माण देखि पार्टी ह्विप उल्लंघन गर्ने जस्ता कार्य गर्दै आएको एमालेको नेपालपक्षले ओली पक्षले गठन गरेको महाधिवेशन आयोजक कमिटी अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ।

नेपाल पक्षका ८८ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आज निर्वाचन आयोग पुगेर नेपाल पक्षले महाधिवेशन आयोजक कमिटीको गठन पार्टी विधानविपरित भएको भन्दै निवेदन दर्ता गराएको हो ।

आयोगमा ८८ जना केन्दीय सदस्यहरुको हस्ताक्षर सहित निबेदन दर्ता गराउन नेपालपक्षका नेता बेदुराम भुसाल र राजेन्द्र पाण्डे निर्वाचन आयोग पुगेका थिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय सदस्यहरुलाई मात्र राखेर आफू अनुकूल हुनेगरी सो निर्णय गराएको उनीहरुको आरोप छ।

एमालेको जारी बिधानमा महाधिवेशन आयोजक समिति बनाउने प्रावधान नै नभएको नेपाल पक्षको दाबी छ । नेपाल पक्षले तयार गरेको निबेदनमा फागुन २८ र चैत ७ गते गरेका सबै निर्णय अवैधानिक भएको हुँदा ती सबै बदर गरी पाउँ भनी उल्लेख गरिएको छ ।

सो निवेदनमा २०७५ जेठ २ गते कायम रहेको केन्द्रीय कमिटीका ८८ जना सदस्यको हस्ताक्षर रहेको बताईएको छ ।

चैत ७ गते ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको थियो।

तीमध्य ओली पक्षले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : ५१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई