१ पुस २०८२, मंगलबार | December 16, 2025

महाधिवेशन आयोजक समिति बनाउने प्रावधान नै बिधानमा नभएको दाबी गर्दै एमालेको नेपाल पक्ष निर्वाचन आयोगमा



काठमाडौं । नेकपा एमालेमा समानान्तर कमिटी निर्माण देखि पार्टी ह्विप उल्लंघन गर्ने जस्ता कार्य गर्दै आएको एमालेको नेपालपक्षले ओली पक्षले गठन गरेको महाधिवेशन आयोजक कमिटी अवैधानिक रहेको भन्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएको छ।

नेपाल पक्षका ८८ जना केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित आज निर्वाचन आयोग पुगेर नेपाल पक्षले महाधिवेशन आयोजक कमिटीको गठन पार्टी विधानविपरित भएको भन्दै निवेदन दर्ता गराएको हो ।

आयोगमा ८८ जना केन्दीय सदस्यहरुको हस्ताक्षर सहित निबेदन दर्ता गराउन नेपालपक्षका नेता बेदुराम भुसाल र राजेन्द्र पाण्डे निर्वाचन आयोग पुगेका थिए ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूपक्षीय सदस्यहरुलाई मात्र राखेर आफू अनुकूल हुनेगरी सो निर्णय गराएको उनीहरुको आरोप छ।

एमालेको जारी बिधानमा महाधिवेशन आयोजक समिति बनाउने प्रावधान नै नभएको नेपाल पक्षको दाबी छ । नेपाल पक्षले तयार गरेको निबेदनमा फागुन २८ र चैत ७ गते गरेका सबै निर्णय अवैधानिक भएको हुँदा ती सबै बदर गरी पाउँ भनी उल्लेख गरिएको छ ।

सो निवेदनमा २०७५ जेठ २ गते कायम रहेको केन्द्रीय कमिटीका ८८ जना सदस्यको हस्ताक्षर रहेको बताईएको छ ।

चैत ७ गते ओलीको अध्यक्षतामा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म पार्टीको दशौं महाधिवेशन गर्ने निर्णय गरेको थियो।

तीमध्य ओली पक्षले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टीबाट ६ महिनाका लागि निलम्बन गरेको छ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ८ : ५१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज