१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

जसपाका चार सांसद बने लुम्बिनी सरकारका मन्त्री, प्रदेश प्रमुखले खुवाए पद तथा गोपनीयताको सपथ



बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा तीन घण्टा नवित्दै उलटफेर भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्तावमा सही गरेका जनता समाजवादी पार्टीका चार जना सांसदहरुलाई पोखरेलले मन्त्री पद उपहार दिएपछि प्रदेशको राजनीति तीन घण्टामै उलटफेर भएको हो ।

जसपाबाट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन जनासहित चारजनालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएर आफ्नो सरकार बचाउन सफल भएका छन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरु विजय यादव सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बनेका छन् ।

प्रदेश प्रमुको कार्यकक्षमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण भएको छ । चारै जना मन्त्रीलाई प्रदेश प्रमुख धर्मनाथ साहले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

सन्तोष पान्डे भौतिक योजना मन्त्री बनेका छन् भने कल्पना पाण्डेलाई सामाजिक विकास मन्त्रालयको जिम्मा पाएकी छिन् । यस्तै विजयी यादवले कृषिमन्त्री र सुमन शर्माले यादव भौतिक राज्यमन्त्री बनेकी छन् ।

माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयसंगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरेका हुन् । सामाजिक विकास मन्त्रालय विभाजन गरेर दुई वटा बनाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ४२ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना