२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

जसपाका चार सांसद बने लुम्बिनी सरकारका मन्त्री, प्रदेश प्रमुखले खुवाए पद तथा गोपनीयताको सपथ



बुटवल । लुम्बिनी प्रदेशको राजनीतिमा तीन घण्टा नवित्दै उलटफेर भएको छ ।

मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्तावमा सही गरेका जनता समाजवादी पार्टीका चार जना सांसदहरुलाई पोखरेलले मन्त्री पद उपहार दिएपछि प्रदेशको राजनीति तीन घण्टामै उलटफेर भएको हो ।

जसपाबाट अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका तीन जनासहित चारजनालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएर आफ्नो सरकार बचाउन सफल भएका छन् ।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसदहरु विजय यादव सन्तोष पाण्डे र कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बनेका छन् ।

प्रदेश प्रमुको कार्यकक्षमा नयाँ मन्त्रीहरुको सपथ ग्रहण भएको छ । चारै जना मन्त्रीलाई प्रदेश प्रमुख धर्मनाथ साहले पद तथा गोपनीयताको सपथ खुवाएका छन् ।

सन्तोष पान्डे भौतिक योजना मन्त्री बनेका छन् भने कल्पना पाण्डेलाई सामाजिक विकास मन्त्रालयको जिम्मा पाएकी छिन् । यस्तै विजयी यादवले कृषिमन्त्री र सुमन शर्माले यादव भौतिक राज्यमन्त्री बनेकी छन् ।

माओवादी केन्द्रका दुई जना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयसंगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति गरेका हुन् । सामाजिक विकास मन्त्रालय विभाजन गरेर दुई वटा बनाइएको छ ।

प्रकाशित मिति : ६ बैशाख २०७८, सोमबार  ४ : ४२ बजे

होटल पौवाको १० औँ वार्षिकोत्सव : देशभर ‘स्वाद उत्सव’, लगानी सम्मेलन र ‘शुभकामना साँझ’ आयोजना हुने

बुटवल । स्वदेशी लगानी, सामूहिक स्वामित्व र नेपाली आतिथ्य संस्कृतिलाई

काठमाडौंको पिंगलास्थानमा प्रहरीले चलायो गोली, एक किलोभन्दा बढी खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

काठमाडौं । काठमाडौंको पिंगलास्थान क्षेत्रमा प्रहरीले गोली चलाएर दुई जना

छत्रगञ्ज रुपन्देही सम्पर्क समाजद्वारा सांसदहरूलाई समस्यासहितको बधाईपत्र

बुटवल । छत्रगञ्ज रुपन्देही सम्पर्क समाजको आयोजनामा शुभकामना आदान-प्रदान, नव

‘अपरेसन साइलेन्ट स्ट्रिट’ अभियानमा बुटवलको बदेलपोखरीबाट ११ मोटरसाइकल नियन्त्रणमा

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले सञ्चालन गरेको ‘अपरेसन साइलेन्ट

६ देशका राजदूत फिर्ता गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले विभिन्न मुलुकमा राजनीतिक नियुक्तिका आधारमा खटाइएका ६