काठमाडौं । नेकपा एमालेको ओली पक्षले नेपाल पक्षका सांसदहरुलाई पदमुक्त गराउने प्रक्रिया अगाडी बढाएको छ ।
नेपाल पक्षका सांसदहरुलाई पदमुक्त गराउने प्रक्रिया स्वरुप वरिष्ठ नेता माधवकुमार नेपाल सहित नेपाल पक्षका ३२ जना सांसदहरुलाई स्पष्टीकरण सोधेको छ । नेपाल पक्षीय संघीय २७ र प्रदेश सांसद ५ सहित ३२ जनालाई मंगलबार स्पष्टीकरण सोधिएको एमाले केन्द्रीय कार्यालयले पुष्टि गरेको छ ।
उनीहरुलाई पार्टीको बिधान उल्लंघन गरेको, अनुशासनमा नबसेको, पार्टीको निर्देशन(श्विप) तोडेको लगायतको आरोप लगाईएको छ । यस अघि निलम्बन गरिएका नेपाल सहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भिम रावललाई पुनः स्पष्टीकरण सोधिएको हो भने बाँकी २७ जना सांसदहरुलाई पहिलो पटक स्पष्टीकरण सोधिएको हो ।
यस्तो छ स्पष्टीकरण :
प्रतिक्रिया