१ पुस २०८२, मंगलबार | December 16, 2025

ओलीलाई नलाग्ने कानुन काठमाडौबासीलाई लाग्ने, प्रधानमन्त्रीले भिड जम्मा गरेकै दिन काठमाडौं प्रशासनको १३ बुँदे निर्देशन



काठमाडौ । प्रधानमन्त्री केपी ओली स्वयम सयौंको उपस्थितीमा तामझामका साथ राम सिताको मुर्ति हस्तान्तरण गर्न निस्केकै दिन काठमाडौ प्रशासनले भने २५ जना भन्दा बढी भेला भए कारवाही गर्ने सुचना जारी गरेको छ ।

आफ्नै अध्यक्षतामा बसेको मन्त्रिपरिषदले गरेको गरेको निर्णय बिपरित सयौंको भेलामा सहभागी प्रधानमन्त्रीलाई नलाग्ने कानुन काठमाडौबासीलाई भने लाग्ने भएको छ ।

कोरोना नियन्त्रणका लागि भन्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले आज १३ बुँदे निर्देशन जारी गर्दै निर्देशन पालना नभए कारवाही गर्ने चेतावनी दिएको छ।

मंगलबार जारी निर्देशनमा शैक्षिक संस्थादेखि सिनेमा हल, पार्टी प्यालेस, जिम हललगायत भीड हुने स्थानसम्म सबै वैशाख मसान्तसम्म बन्द गर्न भनिएको छ। सुचनामा सार्वजानिक सडकमा नथुक्न समेत निर्देशन गर्दै आफुले लगाएको मास्क कम्तीमा ५ दिन सुरक्षित राखेर मात्र सुरक्षित स्थानमा बिसर्जन गर्न भनिएको छ ।

सार्वजनिक सवारीसाधनमा स्वाथ्य मापदण्ड पालना गर्न, २५ जना भन्दा बढी भेला नहुन तथा मठमन्दिरमा पूजारप्रार्थना गर्दा स्वास्थ्य मापदण्ड पालना गर्न र गराउन निर्देशन दिइएको छ।

१३ बुँदामा उल्लेख आदेशको अवज्ञा गरे वा आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति वा संस्थालाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही र सजाय हुने काठमाडौं जिल्ला प्रशासन कार्यालयले चेतावनी दिएको छ।

यद्देपी आजै प्रधानमन्त्री ओलीले चितवनको ठोरीबासीलाई राम सीताको मुर्ति हस्तान्तरण गर्न भन्दै बालुवाटार भित्रै सयौंको भिड जम्मा गरेका थिए ।

यस्तो छ प्रशासनको निर्देशन  :

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/04/KTM-1.pdf” title=”KTM (1)”]

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ८ : ५६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज