१७ असार २०८३, बुधबार | July 1, 2026

प्रतिनिधिसभा अधिवेशनको अन्त्य प्रति कांग्रेसले जनायो कडा आपत्ती



काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग कुनै परामर्श एवं सुझाव नलिई एकलौटी ढंगले सरकारले प्रतिनिधि सभाको अधिवेशन अन्त्य गरेको भन्दै प्रमुख बिपक्षी दल नेपाली कांग्रेसले आपत्ती जनाएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले आज एक बिज्ञप्ति प्रकाशित गर्दै चलिरहेको अवस्थामा प्रतिनिधि सभाको सातौं चालु अधिवेशनलाई अप्रत्याशित र हठात ढंगले अन्त्य गरेको प्रति नेपाली कांग्रेस संसदीय दलले गम्भीर आपत्ति प्रकट गरेको जनाएका छन् ।

प्रधानमन्त्री केपी ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतको संवैधानिक इजलासले पुनस्र्थापित गरी संसद अधिवेशन जारी रहेको अवस्थामा एकाएक अधिवेशनको अन्त्य गर्नुबाट सरकार संविधान, जनता र संसद प्रति अनुत्तरदायी रहेको प्रमाणित भएको खाँणले आरोप लगाएका छन् ।

‘संसद कानून बनाउने र जनताको आवाज उठाउने साझा थालो हो । सरकारको निर्माण संसदबाट हुन्छ र वर्तमान सरकार संविधान, जनता र संसद प्रति उत्तरदायी हुनु पर्दछ, तर उत्तरदायी देखिएन ।’ बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिज्ञप्तिमा अगाडी लेखिएको छ, ‘संसदमा महत्वपूर्ण विधेयकहरु पास भई कानूनहरु बनाउनु पर्ने, जनसरोकारका महत्वपूर्ण विषयहरुलाई सम्बोधन गरी जनतालाई भरोषा र विश्वास दिलाउनु पर्नेमा संसदीय अभ्यास र परम्परा विपरित सरकारले संसदको सामाना गर्न नसकेर अस्वभाविक ढंगले प्रतिनिधि सभाको चालु अधिवेशनलाई अन्त्य गरेकोमा नेपाली कांग्रेस संसदीय दल विरोध गर्दछ ।’

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ९ : ५० बजे

राष्ट्रपतिसँग पाकिस्तानी राजदूतको बिदाइ भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि पाकिस्तानका राजदूत अब्रारार

विश्वविद्यालय शिक्षा सुधारमा फड्को : कार्यान्वयनमा आयो राष्ट्रिय शैक्षिक पात्रो

काठमाडौँ । उच्च शिक्षाको शैक्षिक क्रियाकलापलाई व्यवस्थित, योजनाबद्ध र प्रभावकारी

बालबालिकालाई पार्टी सदस्यता दिएको विषयमा मानवअधिकार आयोगद्वारा रास्वपासँग स्पष्टीकरण माग

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्यता

लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु

लाहोर । पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा