१ पुस २०८२, मंगलबार | December 16, 2025

ओली कदम विरुद्ध नेपाल पक्ष अदालत जाँदै, सर्वोच्चको फैसला कार्यान्वयन नगरेको आरोप



काठमाडौं । सर्वोच्च अदालतको आदेश अनुसार पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा संचालन नगरेको भन्दै नेकपा एमालेको नेपाल पक्ष अदालत जाने भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सवोच्चको आदेश बिपरित ओली पक्षको निर्णय भन्दै नेपाल पक्षीय नेता तथा सांसदहरुलाई चलाएको कारबाहीको विरुद्ध समेत नेपाल पक्षले अदालतमा मुद्धा दायर गर्ने भएको हो ।

अदालतमा दायर गरिने मुद्धाका बिषयमा छलफल गर्न नेपाल पक्षको स्थायी समितिको बैठक जारी रहेको बैठकमा सहभागी एक नेताले बताएका छन् । सर्वोच्च अदालतले फागुन २३ गते गरेको फैसलाको अध्यक्ष ओलीले पालना नगरेको र उल्टो नेपाल पक्षका नेता तथा सांसदहरुलाई धमाधम कारवाही चलाएको भन्दै त्यसका बिरुद्ध मुद्दा दायर गर्न लागिएको ती नेताले बताए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार वरिष्ठ नेता माधव कुमार नेपालसहित २७ जना संघीय संसदलाई पार्टीको नीति निर्देशन विपरित गतिविधि गरेको भन्दै स्पष्टीकरण मागेका थिए । ओलीले नेता नेपालसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, भिम रावललाई यस अघि नै ६ महिनाका लागि सदस्यबाट निलम्बन गरिसकेका छन् ।

ओलीले नयाँ राजनीतिक दलको रुपमा संलग्न भएको तथा एमालेको चुनाव चिन्ह र झण्डा दुरुपयोग गरेको आरोप लगाउँदै नेपाल सहित संघीय संसदका २७ सांसदहरुलाई किन कारवाही नगर्ने ? भनेर स्पष्टीकरण सोधेका छन् । ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  २ : ४६ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज