५ बैशाख २०८३, शनिबार | April 18, 2026

राष्ट्रियसभाका सांसद चन्द्रबहादुर खड्काको पद खारेज गर्न माओवादीले बुझायो संसद सचिवालयलाई पत्र



काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका अर्का एक सांसदलाई कारवाही गरेको छ ।

राष्ट्रिय सभा सदस्य अर्घाखाँचीका चन्द्रबहादुर खड्काले दल त्याग गरेको सूचना माओवादी केन्द्रले संसद सचिवालयमा दर्ता गरेको छ ।

राष्ट्रिय सभामा माओवादी केन्द्र दलका नेता दीनानाथ शर्माले खड्काले दल त्याग गरको पत्र संसद सचिवालयलमा दर्ता गराउँदै खड्काले दल त्याग गरेको जानकारी गराएका छन् । यससँगै खड्काको सांसद पद अब खारेज हुनेछ ।

खड्काले दल त्याग गरेको हुँदा उनलाई राष्ट्रिय सभाबाट हटाउनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलका नेता दीनानाथ शर्मालाई पत्र लेखेका थिए । शर्माले सोही पत्रका आधारमा संसद सचिवालयलाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ३४ (२) बमोजिम अर्को पत्र लेख्दै खड्काले दल त्याग गरेको जानकारी गराएका हुन् ।

यसअघि राष्ट्रिय सभाकै सदस्य रहेका गृहमन्त्री रामबहादुर थापाले दल त्याग गरेको पत्र माओवादी केन्द्रले संसद सचिवालयमा बुझाएसँगै उनको सांसद पद खारेज भएको थियो ।

निर्वाचन आयोगले थापाको रिक्त भएको पदमा जेठ ६ गते पुनः निर्वाचन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०७८, शुक्रबार  २ : ०२ बजे

गोप्य मोबाइलको हल्ला निराधार, छुट्टै फोन र सिमको आवश्यकता छैन : सरकार

काठमाडौँ । सरकारले मन्त्रीहरूका लागि गोप्य मोबाइल फोन र नम्बर

नाइजेरियन क्लब खजुरा गोल्डकपको फाइनलमा, लखनउको जेविएमसंग उपाधि भिडन्त हुने

खजुरा । विदेशी टोली नाइजेरियन जोन क्लब प्रथम खजुरा गोल्डकपको

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर । जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई

सर्वोच्चको फैसला स्वीकार गरेर अगाडि बढ्ने देउवा समूहको निष्कर्ष

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतको

सुशासन र समृद्धिका लागि सरकारले काम गरिरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले सुशासन र समृद्धिका लागि सरकारले