१८ श्रावण २०८३, सोमबार | August 3, 2026

काभ्रेमा बढ्दै कोरोना संक्रमण



काभ्रेपलाञ्चोक । केही दिनदेखि काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको सङ्ख्या उकालो लागिरहेको छ ।

जिल्लास्थित कोभिड-१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसिएमसी)का अनुसार शुक्रबार २३ सङ्क्रमित थपिएका छन् । गत बिहीबार १९ मा सङ्क्रमण देखियो भने बुधबार ११ र मङ्गलबार छ जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

जिल्लामा हाल ४३ पुरुषसहित ८२ कोरोना सङ्क्रमित रहेको केन्द्रले जनाएको छ । “जिल्लामा कोरोना सङ्क्रमण दर बढिरहेको छ, यस कारण विशेष सावधानी अपनाउनुर्पे देखिन्छ”, जिल्ला स्वास्थ्य कार्यालय प्रमुख एवं केन्द्रका सदस्यसचिव डा नरेन्द्रकुमार झाले भने । उनका अनुसार शुक्रबार यहाँका चार वर्षीय बालकदेखि ८१ वर्षका वृद्धसम्ममा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा दिनानुदिन कोरोना सङ्क्रमण दर बढ्दै गएपछि केन्द्रले सार्वजनिकस्थलमा भीडभाड नगर्न आह्वान गर्दै सावधानीपूर्वक सुरक्षाका मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

केन्द्रका अनुसार हालसम्म काभ्रेपलाञ्चोकका तीन हजार ४५० भन्दा बढीमा कोरोना सङ्क्रमण भइसकेको छ भने हालसम्म १४ महिलासहित ४५ को मृत्यु भएको छ । तेह्र स्थानीय तहमध्ये सबैभन्दा बढी धुलिखेल नगरपालिकामा २६ सङ्क्रमित रहेका छन् ।

हाल बनेपा नपामा १४, पाँचखालमा सात, पनौतीमा १५, नमोबुद्धमा चार, मण्डनदेउपुरमा छ तथा रोशी गाउँपालिकामा पाँच, चौँरीदेउरालीमा दुई, तेमालमा दुई र भुम्लु गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् । तीन स्थानीय तह खानीखोला, महाभारत र बेथानचोकमा सङ्क्रमण देखिएको छैन ।

कोरोना सङ्क्रमण दर बढ्दै गएपछि सरकारले गत सोमबार देशभरका २५ सहरका शिक्षण संस्था वैशाख महिनाभर बन्द गर्ने निर्णय गरेअनुसार काभ्रेपलाञ्चोकको दुई नगर बनेपा र धुलिखेलका शिक्षण संस्था बुधबारदेखि पूर्णरुपमा बन्द गरिएको छ ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  १० : २५ बजे

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक बसेको छ ।

‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले

बाँके युनेस्को क्लबले मनायो ३७ औं स्थापना दिवस

नेपालगन्ज । बाँके युनेस्को क्लबको ३७ ओै बार्षिक साधारणसभा तथा