२० मंसिर २०८२, शनिबार | December 7, 2025

एफसी चितवनले लिनिङ ब्राण्डको जर्सी लगाउने



काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को टोली एफसी चितवनले शनिबार जर्सी सार्वजनिक गरेको छ ।

एफसी चितवनले एक कार्यक्रममा गरेर चिनियाँ लिनिङ ब्रान्डले प्रायोजन गरेको जर्सी शनिबार डिजिटल माध्ययमबाट सर्वाजनिक गरेको हो । डिस होमको मुख्य प्रायोजक रहेको चितवनले नेपाल सुपर लिग (एनएसएल)मा लिनिङ ब्रान्डको जर्सी पहिरिएर प्रतिस्पर्धा गर्नेछ । चितवन यस अघि नै किट्स पार्टनरको रुपमा लिनिङ ब्राण्डसँग सम्झौता गरेको थियो ।

एफसी चितवनका प्रबन्ध निर्देशक सचिन ढकाल र लिनिङका प्रबन्धक कृतराज महर्जनले डिजिटल माध्ययमबाट जर्सी सार्वजनिक गरेका हुन् । सार्वजिनक जर्सी दुई ओटा रहेका छन् । होम एण्ड अवे खेलका लागि जर्सी सार्वजनिक गरेको हो ।

राष्ट्रिय खेलाडी भरत खवास मार्की खेलाडी रहेको चितवनको मुख्य प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा शैलेश कर्माचार्यको प्रशिक्षणमा प्रतियोगिताको तयारी गरिरहेका छ । एफसी चितवनमा दुई इजिप्ट र एक सर्वियन खेलाडी रहेका छन् । जेठ १ सम्म सञ्चालन हुने प्रतियोगितामा एफसि चितवनले सोमबार ललितपुर सिटी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

उपाधि दावेदारको रुपमा हेरिएको चितवनले उपाधि लक्ष्य राखेर अभ्यास गरिरहेको टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बताए । प्रतियोगितामा ७ टोलीले सहभागिता जनाउँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता राउन्ड रोविन लिग प्रणालिमा आयोजना हुँदै छ । कुल २५ खेल प्रतियोगिताको विजेताले ३५ र उपविजेताले १५ लाख रुपैयाँ पाउँनेछन ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ३ : ५६ बजे

‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन

काठमाडौँ । ‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन गरिएको छ

एउटा निर्वाचन क्षेत्रबाट २ पटक भन्दा बढी लड्न नपाउने व्यवस्था गर्नु पर्छ : सहमहामन्त्री राठौर

खजुरा । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले केन्द्रीय तहका नेता

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले

काठमाडौं उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छ : मन्त्री घिसिङ

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाभित्र रहेका नदी सफा गर्न आवश्यक

आगामी चुनावपछि एमालेकै नेतृत्वमा सरकार बन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुराना दल