१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

एफसी चितवनले लिनिङ ब्राण्डको जर्सी लगाउने



काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाईज फुुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल)को टोली एफसी चितवनले शनिबार जर्सी सार्वजनिक गरेको छ ।

एफसी चितवनले एक कार्यक्रममा गरेर चिनियाँ लिनिङ ब्रान्डले प्रायोजन गरेको जर्सी शनिबार डिजिटल माध्ययमबाट सर्वाजनिक गरेको हो । डिस होमको मुख्य प्रायोजक रहेको चितवनले नेपाल सुपर लिग (एनएसएल)मा लिनिङ ब्रान्डको जर्सी पहिरिएर प्रतिस्पर्धा गर्नेछ । चितवन यस अघि नै किट्स पार्टनरको रुपमा लिनिङ ब्राण्डसँग सम्झौता गरेको थियो ।

एफसी चितवनका प्रबन्ध निर्देशक सचिन ढकाल र लिनिङका प्रबन्धक कृतराज महर्जनले डिजिटल माध्ययमबाट जर्सी सार्वजनिक गरेका हुन् । सार्वजिनक जर्सी दुई ओटा रहेका छन् । होम एण्ड अवे खेलका लागि जर्सी सार्वजनिक गरेको हो ।

राष्ट्रिय खेलाडी भरत खवास मार्की खेलाडी रहेको चितवनको मुख्य प्रशिक्षकमा मेघराज केसी र सहायक प्रशिक्षकमा शैलेश कर्माचार्यको प्रशिक्षणमा प्रतियोगिताको तयारी गरिरहेका छ । एफसी चितवनमा दुई इजिप्ट र एक सर्वियन खेलाडी रहेका छन् । जेठ १ सम्म सञ्चालन हुने प्रतियोगितामा एफसि चितवनले सोमबार ललितपुर सिटी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्दै प्रतियोगिताको सुरुआत गर्नेछ ।

उपाधि दावेदारको रुपमा हेरिएको चितवनले उपाधि लक्ष्य राखेर अभ्यास गरिरहेको टोलीका मुख्य प्रशिक्षक मेघराज केसीले बताए । प्रतियोगितामा ७ टोलीले सहभागिता जनाउँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता राउन्ड रोविन लिग प्रणालिमा आयोजना हुँदै छ । कुल २५ खेल प्रतियोगिताको विजेताले ३५ र उपविजेताले १५ लाख रुपैयाँ पाउँनेछन ।

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार  ३ : ५६ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक