१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

नगरक्षेत्रका होस्टलमा विद्यार्थी भए तत्कालै अभिभावकको जिम्मा लगाउन बुटवल उपमहानगरको निर्देशन



बुटवल । बुटवल उपमहानगरापालिकाले नगरक्षेत्रभित्रका कुनै पनि स्कुलका होस्टलमा विद्यार्थीहरु भए तत्कालै अभिभावकको जिम्मा लगाउन निर्देशन दिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले सबै संस्थागत विद्यालयहरुलाई होस्टलमा भएका विद्यार्थीहरुलाई अभिभावकको जिम्मा लगाउन निर्देशन दिएका हुन् ।

रेग्मीले बैशाख मसान्तसम्म सबै विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पढाई या परीक्षा लिन यसअघि नै निर्देशन जारी भैसकेको स्मरण गराउँदै विद्यालयका होस्टलमा बसि अध्ययन गर्ने विद्यार्थीहरुमा समेत संक्रमणको जोखिम देखिएकोले थप सतर्कता आवश्यक भएको जनाएका छन् । शुक्रबार मात्रै तिलोत्तमाको पारामाउन्ट स्कुलको होस्टलमा रहेकी एक छात्राको उच्च ज्वरोका कारण मृत्यु भएको थियो ।

जिल्लाभित्र विद्यार्थी मृत्युको घटना बाहिरिएको हुँदा सतर्कतापूर्वक वैकल्पिक शिक्षण विधिबाट शिक्षण सिकाई प्रक्रिया जारी राख्न उपमहानगरापालिकाले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  २ : ०८ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना