१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

नगरक्षेत्रका होस्टलमा विद्यार्थी भए तत्कालै अभिभावकको जिम्मा लगाउन बुटवल उपमहानगरको निर्देशन



बुटवल । बुटवल उपमहानगरापालिकाले नगरक्षेत्रभित्रका कुनै पनि स्कुलका होस्टलमा विद्यार्थीहरु भए तत्कालै अभिभावकको जिम्मा लगाउन निर्देशन दिएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मीले सबै संस्थागत विद्यालयहरुलाई होस्टलमा भएका विद्यार्थीहरुलाई अभिभावकको जिम्मा लगाउन निर्देशन दिएका हुन् ।

रेग्मीले बैशाख मसान्तसम्म सबै विद्यालय बन्द गरी वैकल्पिक माध्यमबाट पढाई या परीक्षा लिन यसअघि नै निर्देशन जारी भैसकेको स्मरण गराउँदै विद्यालयका होस्टलमा बसि अध्ययन गर्ने विद्यार्थीहरुमा समेत संक्रमणको जोखिम देखिएकोले थप सतर्कता आवश्यक भएको जनाएका छन् । शुक्रबार मात्रै तिलोत्तमाको पारामाउन्ट स्कुलको होस्टलमा रहेकी एक छात्राको उच्च ज्वरोका कारण मृत्यु भएको थियो ।

जिल्लाभित्र विद्यार्थी मृत्युको घटना बाहिरिएको हुँदा सतर्कतापूर्वक वैकल्पिक शिक्षण विधिबाट शिक्षण सिकाई प्रक्रिया जारी राख्न उपमहानगरापालिकाले निर्देशन दिएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  २ : ०८ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन