१३ चैत्र २०८२, शुक्रबार | March 28, 2026

काठमाडौं उपत्यकामा निषेधाज्ञाको तयारी



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहरले महामारीको रुप लिएपछि त्यसलाई ब्रेकडाउन गर्न काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ ।

सोमबार भएको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको छलफलमा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओहरु)बीच निषेधाज्ञासहित कुन कुन क्षेत्रमा सेवा रोक लगाउने विषयमा छलफल भएको छ । गृहमन्त्रालयसँग निषेधााज्ञाको मोडालिटी र समयबारे परामर्श लिएपछि यसको घोषणा हुने बताइएको छ ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले निषेधाज्ञा लगाउने अधिकार सीडीओहरुलाई दिएको छ । सक्रिय संक्रमित १ हजार कटेमा उपत्यकामा जुनसुकै बेला पनि निषेधाज्ञा लगाउन सक्ने अधिकार उपत्यकाका सीडीओहरुले पाएका छन् । काठमाडौंमा सक्रिय संक्रमितको संख्या हजारभन्दा निकै बढी भैसकेको छ । यद्यपी, काठमाडौं उपत्यका संघीय राजधानी समेत भएका कारण गृहमन्त्रालयको परामर्शमा मात्रै निर्णय लिइने भएको हो ।

सार्वजनिक सवारी, रात्री व्यवसाय, होटल रेष्टुरेन्ट लगायतका दर्जन बढी क्षेत्रमा निषेधाज्ञा लाग्नसक्ने बताइएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  १२ : ३४ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन