७ आश्विन २०८३, बुधबार | September 23, 2026

भेरी अस्पतालमा १० मेडिकल अफिसरसहित ८० स्वास्थ्कर्मी भर्ना गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृति



काठमाडौं । अस्पतालका चिकित्सकहरुको चित्कार अन्ततः सुन्नका लागि सरकार तयार भएको छ । कोरोना संक्रमणको माहामारी ठेग्नै नसक्ने गरि फैलिएपछि स्वास्थ्य मन्त्रालयले बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी भर्नागर्न स्विकृती प्रदान गरेको छ ।

मन्त्रालयले १० जना मेडिकल अफिसर सहित ४० जना नर्स तथा आवश्यक पर्ने प्रविधिक, स्वास्थ्य सहयोगी लगायत समेत गरी ८० जना स्वास्थ्यकर्मी भर्ना गर्न भेरी अस्पतालले स्विकृती प्रदान गरेको हो ।

जनशक्तिको अभावका कारण संक्रमितहरुलाई सेवा दिनै नसक्ने अवस्था सृजना भएपछि बाँकेको कोभिड १९ संकट ब्यवस्थापन समितिले थप जनशक्ति र साधन श्रोतको मन्त्रालयसँग माग गरेको थियो । मन्त्रालयले १० मेडिकल अफिसर, ४० नर्सिङ स्टाफ, ल्याव टेक्निसियन सहितको दरबन्दी स्विकृती प्रदान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

अस्पतालको भयावह अवस्था र संक्रमितहरुले भोग्नु परेको समस्याका बारेमा खबरकुरा सहित देशभरीका सञ्चारमाध्यमले ‘ग्राउण्ड जिरो’ समाचार प्रकाशन गरेपछि मन्त्रालयले दवावमा परेर चिकित्सक सहितको जनशक्ति भर्ना गर्न मन्त्रालयले  स्विकृती प्रदान गरेकाे हाे ।

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, पहिलो चरणको माहाामारीमा सर्वोकृष्ट भूमिका निभाएका कोभिड हिरो नरेश श्रेष्ठ, नेपालगन्ज मेडिकल कलेजका उप निर्देशक नितेश कनोडिया, बाँके डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओली लगायतले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा उपलब्ध जनशक्ति, साधान, श्रोतले माहामारी थाम्न नसक्ने र यथासिघ्र ब्यवस्था गर्न नसके कल्पनै गर्न नसक्ने भयावह रुप आउने सक्ने भन्दै पटक पटक सामाजिक सञ्जाल फर्मत खबर्दारी गरिरहेका थिए ।

मन्त्रालयको उच्च स्रोतका अनुसार कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पनि ५० बेडको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बनाउन सामग्री दिने मन्त्रालयले निर्णय गरेको छ । हाल नेपालगञ्ज मेडिकल कलेजमा ६० वटा अक्सिजन सपोर्टसहितका बेड छन् । भेरीमा ६ वटा भेण्टिलेटर सहित २०३ जनाको उपचार भईरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ३ : ४३ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई