६ बैशाख २०८१, बिहिबार | April 18, 2024

भेरी अस्पतालमा १० मेडिकल अफिसरसहित ८० स्वास्थ्कर्मी भर्ना गर्न स्वास्थ्य मन्त्रालयबाट स्वीकृति



काठमाडौं । अस्पतालका चिकित्सकहरुको चित्कार अन्ततः सुन्नका लागि सरकार तयार भएको छ । कोरोना संक्रमणको माहामारी ठेग्नै नसक्ने गरि फैलिएपछि स्वास्थ्य मन्त्रालयले बाँकेको भेरी अस्पतालमा ८० जना स्वास्थ्यकर्मी भर्नागर्न स्विकृती प्रदान गरेको छ ।

मन्त्रालयले १० जना मेडिकल अफिसर सहित ४० जना नर्स तथा आवश्यक पर्ने प्रविधिक, स्वास्थ्य सहयोगी लगायत समेत गरी ८० जना स्वास्थ्यकर्मी भर्ना गर्न भेरी अस्पतालले स्विकृती प्रदान गरेको हो ।

जनशक्तिको अभावका कारण संक्रमितहरुलाई सेवा दिनै नसक्ने अवस्था सृजना भएपछि बाँकेको कोभिड १९ संकट ब्यवस्थापन समितिले थप जनशक्ति र साधन श्रोतको मन्त्रालयसँग माग गरेको थियो । मन्त्रालयले १० मेडिकल अफिसर, ४० नर्सिङ स्टाफ, ल्याव टेक्निसियन सहितको दरबन्दी स्विकृती प्रदान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।

अस्पतालको भयावह अवस्था र संक्रमितहरुले भोग्नु परेको समस्याका बारेमा खबरकुरा सहित देशभरीका सञ्चारमाध्यमले ‘ग्राउण्ड जिरो’ समाचार प्रकाशन गरेपछि मन्त्रालयले दवावमा परेर चिकित्सक सहितको जनशक्ति भर्ना गर्न मन्त्रालयले  स्विकृती प्रदान गरेकाे हाे ।

भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापा, पहिलो चरणको माहाामारीमा सर्वोकृष्ट भूमिका निभाएका कोभिड हिरो नरेश श्रेष्ठ, नेपालगन्ज मेडिकल कलेजका उप निर्देशक नितेश कनोडिया, बाँके डीसीसीएमसीका कोरोना फोकलपर्शन तेज ओली लगायतले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुमा उपलब्ध जनशक्ति, साधान, श्रोतले माहामारी थाम्न नसक्ने र यथासिघ्र ब्यवस्था गर्न नसके कल्पनै गर्न नसक्ने भयावह रुप आउने सक्ने भन्दै पटक पटक सामाजिक सञ्जाल फर्मत खबर्दारी गरिरहेका थिए ।

मन्त्रालयको उच्च स्रोतका अनुसार कोहलपुरको नेपालगञ्ज मेडिकल कलेजमा पनि ५० बेडको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) बनाउन सामग्री दिने मन्त्रालयले निर्णय गरेको छ । हाल नेपालगञ्ज मेडिकल कलेजमा ६० वटा अक्सिजन सपोर्टसहितका बेड छन् । भेरीमा ६ वटा भेण्टिलेटर सहित २०३ जनाको उपचार भईरहेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ३ : ४३ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी