८ बैशाख २०८१, शनिबार | April 20, 2024

कर्णाली प्रदेशसभामा निर्वाचित एमालेका चार सांसदको पद रिक्त



सुर्खेत । कर्णाली प्रदेशबाट निर्वाचित एमालेका चार प्रदेशसभा सांसद पदमुक्त भएका छन् ।

प्रदेशसभा सभामुख राजबहादुर शाहीले प्रदेशसभामा फ्लोर क्रस गरी पार्टीको ह्वीप उल्लंघन गर्ने चार सांसदलाई कर्णाली प्रदेशसभा नियमावली २०७४ को नियम १९१ बमोजिम पदमुक्त भएको गरेका हुन् ।

प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मरबहादुर थापालाई पदमुक्त गर्न एमालेले प्रदेशसभा सचिवालयलाई पत्र पठाएको थियो । राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ (१) र कर्णाली प्रदेशसभा नियवामली २०७४ नियम १९० बमोजिम एमाले संसदीय दलले चारैजना सांसदले दल त्याग गरेको पत्र प्रदेशसभा सचिवालयलाई पत्राचार गरेको थियो ।

चारैजना सांसदहरुले वैशाख ३ गते संसदीय दलको ह्वीप विपरित मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । सांसद पद गएपनि प्रकाश ज्वालाबाहेक अन्य तीन जना भने मन्त्री पदमा थप ६ महिना कायमै रहिरहनेछन् । विश्वासको मत हासिल गरेलगत्तै मुख्यमन्त्री शाहीले थापालाई भौतिक पूर्वाधार विकासमन्त्री, शाहीलाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री र बुढालाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा नियुक्त गरेका थिए ।

४० सदस्यीय कर्णाली प्रदेशसभा अब ३५ सदस्यीय बनेको छ । यसअघि माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेका धर्मराज रेग्मी पदमुक्त भैसकेका छन् ।

प्रदेशभासमा सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद अब कर्णाली प्रदेशमा छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ३ : ५७ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले