३२ असार २०८३, बिहिबार | July 17, 2026

एमाले सिध्याउने सपना नदेख्न माधव नेपाललाई युवराज ज्ञवालीको चेतावनी



सुर्खेत । नेकपा एमालेको कर्णाली प्रदेश इन्चार्ज युवराज ज्ञवालीले एमाले सिध्याउने सपना नदेख्न आफ्ना पूर्व नेता एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई चेतावनी दिएका छन् ।

हालै मात्र एमालेमा संस्थापन पक्षमा विलय भएका नेता ज्ञवालीले माधव नेपालले वाममोर्चा बनाएर एमाले सिध्याउने सपना देखे पनि त्यो पुरा नहुने बताए ।

सुर्खेतमा आज एमाले कर्णाली प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले भने, ‘अर्को वाममोर्चा बनाएर एमालेलाई सिध्याउन नलाग्नुस्, एमालेलाई त सिध्याउनुहोला तर तपाईंहरुले जित्नुहुन्न ।’ उनले एमालेको मत खोसेर जित्ने सपना देखेको भए त्यो पुरा नहुने दाबी गरे ।

एमालेमा लामोसमयसम्म माधव नेपालको दाहिने हात रहँदै आएका ज्ञवालीले अध्यक्ष केपी शर्मा ओली विरुद्ध आक्रमक अभिव्यक्ति समेत दिँदै आएका थिए । तर, नेपालले एमालेबाट विद्रोह गर्ने अन्तिम तयारी गरेसँगै उनीलगायत स्थायी कमिटीका नेपाल पक्ष भनिने ९ नेताहरुले नेपालसँग सम्बन्ध विच्छेद गरेका थिए । हाल ज्ञवालीसहितका नेताहरु १० बुँदे सहमति गरेपछि पार्टीको संस्थापन पक्षमा विलय भैसकेका छन् ।

ज्ञवालीले एमाले पार्टी छोडेर माधव नेपालले ठूलो गल्ती गरेको बताए । उनले विगतका गल्तीलाई आधार मानेर नेपालले पार्टी फुटाउनु झन ठूलो गल्ती भएको भन्दै एकदिन गल्तीको महशुस गर्ने जिकिर गरे । ज्ञवालीले भने, ‘माधव नेपालले पार्टी फुटाएर ठूलो गल्ती गर्नुभएको छ, कुनै दिन गल्तीको महसुस गर्नु हुन्छ ।’

ज्ञवालीले १० बुँदे सहमति कार्यान्वयन सुरु भैेसकेको दाबी गरे । नेपालले अध्यक्ष ओलीलाई स्वीकार गर्न नसकेकै कारण आफुहरुले नेपाललाई छोडेको बताउँदै ज्ञवालीले १० बुँदे सहमतिपछि पछि पार्टीमा एकता कायम भएको बताए । उनले यो १० बुँदे सहमतिको स्प्रिटअनुसार अघि बढ्न नेता कार्यकर्ताहरुलाई निर्देशन समेत दिए ।

ज्ञवालीले पार्टीका कार्यकर्तालाई आवेग, उत्तेजना फैलाएर बोल्ने र व्यवहार गर्ने काम नगर्न पनि आग्रह गरे । उनले भने, ‘एमालेलाई मात्र, केपी ओलीलाई मात्र दोष दिएर तपाईहरुले छुट पाउनुहुन्न । ‘काम गर्दा कमजोरी हुन सक्छ, खराब हुन सक्छ, तर त्यसको अर्थ पार्टी नै काम लाग्दैन भन्ने अर्थ निकाल्नु र त्यो अर्थमा पार्टी नै विभाजन गर्नु धेरै दुर्भाग्यपूर्ण काम हो, यो गलत बाटो हो ।’

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ११ : २२ बजे

सिन्धुपाल्चोकमा १३६ मिलीमिटर वर्षा यस्तो छ अन्यत्रको विवरण

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पनि

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीश सरूवा (सूचीसहित)

काठमाडौँ । न्यायपरिषद्को आज बसेको बैठकले उच्च अदालतका ५० र

रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना

बुटवल बुधबार एक कार्यक्रमका बिच कार्यक्रमको उद्घाटन गर्दै रोटरी ईन्टरनेशनल

कर्णालीका मुख्यमन्त्री कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको

तेस्रो अन्तरराष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन हुँदै

काठमाडौँ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को आयोजना