२९ भदौ २०८३, सोमबार | September 14, 2026

कर्णाली प्रदेशसभाका ३ एमाले सांसद एकीकृत समाजवादीमा



सुर्खेत । कर्णाली प्रदेशसभाका तीन एमाले सांसद नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

उनीहरुले आज सुर्खेतस्थित निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर एकीकृत समाजवादीमा रहेको सनाखत गरेका छन् ।

प्रदेशसभा सदस्य जुम्लाका पदमबहादुर रोकाया, रुकुमपश्चिमकी देवी ओली र मुगुका चन्द्रबहादुर शाहीले एकीकृत समाजवादीमा रहेको सनाखत गरेका हुन् ।

कर्णाली प्रदेशसभामा एमालेका २० सांसद रहेका थिए । गत बैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पार्टीको ह्वीप विपरित विश्वासको मत दिएपछि प्रकाश ज्वालासहित चार सासदको पद रिक्त भएपछि एमालेका १६ सांसद बाँकी रहेका थिए । अब थप ३ जना सांसद एकीकृत समाजवादीमा प्रवेश गरेपछि एमालेको सांसद संख्या १३ मा झरेको छ । यद्यपी, एमाले नै प्रदेशसभामा ठूलो दल रहेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ३ : २२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ