१ पुस २०८२, मंगलबार | December 16, 2025

आजको मौसम : अपरान्हपछि पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना



काठमाडौं । मुलुकमा स्थानीय वायुको प्रभावले आज उच्च पहाडी र हिमाली भेगमा बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भू-भागमा अहिले न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ । अहिले प्रदेश १ तथा प्रदेश २ का केही भू-भाग लगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा आंशिक बदली भएको छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार दिउँसो प्रदेश १, प्रदेश २ लगायत देशका अन्य पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक/दुई स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ ।

यस्तै राति पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने मौसमविदले बताएका छन् । यसैबिच देशभर अधिकतम र न्यूनतम तापक्रममा बृद्धि भइरहेकोले गर्मी बढ्ने हुँदा सम्भावित असरबाट बच्न तथा पहाडी भू-भागका थोरै स्थानमा अपरान्हपछि मेघ गर्जन र चट्याङ्ग तथा हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : ०३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज