४ आश्विन २०८३, आइतबार | September 20, 2026

संरक्षित जिउँदो उल्लु चरासहित एक जनालाई पक्राउ



काभ्रे । प्रहरीले संरक्षित जिउँदो उल्लु चरासहित एक जनालाई पक्राउ गरेको छ ।

धुलिखेल नगरपालिका-९ विपी राजमार्गस्थित काभ्रेभञ्ज्याङमा जाँचका क्रममा उल्लु चरोसहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले बताए ।

पक्राउ पर्नेमा रामेछाप जिल्लाको रामेछाप नगरपालिका-२ भिरकोट का ३४ वर्षीय केशर श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

उनका अनुसार बिपी राजमार्ग सडकखण्डमा विभिन्न सवारी साधन तथा हिँडडुल गर्ने शङ्कास्पद व्यक्तिको जाँचका क्रममा सोमवार दिउँसो भकुण्डेबाट धुलिखेलतर्फ हिँड्दै आइरहेका श्रेष्ठलाई शङ्कास्पदरूपमा फेला पारेपछि जाँचका क्रममा लुकाइछिपाइ ल्याएको जिउँदो उल्लु चरासहित फेला परेको हो ।

नियन्त्रणमा लिइएका श्रेष्ठलाई बरामद गरिएको चरासहित आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय धुलिखेल पठाइएको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए । रासस

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ९ : ०७ बजे

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।