१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु



पर्सा । वीरगन्जमा थप दुई जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ ।

वीरगन्जको नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका र बाराका गरी दुई जना संक्रमितको आज बिहान मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका-२५ सिर्सियाकी ६५ वर्षीया संक्रमित महिलाको आज बिहान ३ बजे मृत्यु भएको हो । निमोनियाले ग्रसित उनलाई उपचारका लागि सोमबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

सोमबार नै उनको एन्टिजेन विधिबाट कोरोनाको परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२ की ४० वर्षीया महिलाको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान साढे १ बजे मृत्यु भएको हो ।

नारायणी अस्पतालमा उपचारका लागि बैशाख ९ गते भर्ना गरिएकी ती महिलाको त्यहि दिन पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा कडा खालको निमोनियासहित श्वास प्रश्वासमा समेत समस्या देखिएको थियो । यसअघि सोमबार वीरगन्जमा एकैदिन कोरोनाले तीन जनाको मृत्यु भएको थियो ।

त्यसैगरी वीरगन्जमा थप ७६ जना कोरोना संक्रमित थपिएका छन । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशगलामा सोमबार राति १४० जनाको स्वाब नमूनाको पीसीआर परिक्षण गर्दा तीमध्ये ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार रातिको परीक्षणमा पर्साका ६४ र बाराका १२ गरी ७६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

संक्रमितहरू ५ वर्षदेखि ७० वर्ष उमेर समूहका ५५ जना पुरूष र २१ जना महिला रहेको डाक्टर दासले बताए । यसअघि आइतबार राति पनि नारायणी अस्पतालकै प्रयोगशालामा १४० जनाको स्वाब नमूना परीक्षण गर्दा ७० प्रतिशत अर्थात ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ४० बजे

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै

डोल्पा । भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका

डढेलोले खोटाङमा तेह्र घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलदा बराहपोखरी गाउँपालिका–१

बुटवलका मासु व्यवसायी बधशालाको मासु बेच्न अनिच्छुक

बुटवल । मानव बस्तीको चहलपहल भइरहनेस्थलमै पशुपन्छी बध गरेर प्रदुषित

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न

काठमाडौं । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका

सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : बिष्णु पौडेल

काठमाडौं । प्रमुख सत्ता घटक एमाले उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री बिष्णु