४ आश्विन २०८३, आइतबार | September 20, 2026

वीरगन्जमा थप दुई कोरोना संक्रमितको मृत्यु



पर्सा । वीरगन्जमा थप दुई जना कोरोना संक्रमित विरामीको मृत्यु भएको छ ।

वीरगन्जको नारायणी अस्पतालमा उपचाररत वीरगन्ज महानगरपालिका र बाराका गरी दुई जना संक्रमितको आज बिहान मृत्यु भएको अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

वीरगन्ज महानगरपालिका-२५ सिर्सियाकी ६५ वर्षीया संक्रमित महिलाको आज बिहान ३ बजे मृत्यु भएको हो । निमोनियाले ग्रसित उनलाई उपचारका लागि सोमबार नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

सोमबार नै उनको एन्टिजेन विधिबाट कोरोनाको परीक्षण गर्दा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै बाराको जीतपुर सिमरा उपमहानगरपालिका-२ की ४० वर्षीया महिलाको नारायणी अस्पतालमा उपचारको क्रममा आज बिहान साढे १ बजे मृत्यु भएको हो ।

नारायणी अस्पतालमा उपचारका लागि बैशाख ९ गते भर्ना गरिएकी ती महिलाको त्यहि दिन पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनमा कडा खालको निमोनियासहित श्वास प्रश्वासमा समेत समस्या देखिएको थियो । यसअघि सोमबार वीरगन्जमा एकैदिन कोरोनाले तीन जनाको मृत्यु भएको थियो ।

त्यसैगरी वीरगन्जमा थप ७६ जना कोरोना संक्रमित थपिएका छन । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशगलामा सोमबार राति १४० जनाको स्वाब नमूनाको पीसीआर परिक्षण गर्दा तीमध्ये ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार रातिको परीक्षणमा पर्साका ६४ र बाराका १२ गरी ७६ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

संक्रमितहरू ५ वर्षदेखि ७० वर्ष उमेर समूहका ५५ जना पुरूष र २१ जना महिला रहेको डाक्टर दासले बताए । यसअघि आइतबार राति पनि नारायणी अस्पतालकै प्रयोगशालामा १४० जनाको स्वाब नमूना परीक्षण गर्दा ७० प्रतिशत अर्थात ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  १० : ४० बजे

बाढी प्रभावितलाई चिनियाँ सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितहरूलाई दैनिक उपभोगका अत्यावश्यक सामग्री प्रदान

भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५१ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार १४स्००

एकलैनी बजारबाट ३५ ग्राम बढी ब्राउनसुगर सहित २ दाजुभाई पक्राउ

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट ठुलो परिमाणमा ब्राउनसुगर सहित २ जना

गुडिरहेको ईभी हाईसमा आगलागी

बर्दिया । बर्दियामा गुडिरहेको ईभी हाईसमा एकाएक आगलागी भएको छ।

आजपनि बढ्यो सुनचाँदीको भाउ

काठमाडौं । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ ।