१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

भेरी अस्पतालका ७५ स्वास्थ्कर्मीमा कोरोना संक्रमण



नेपालगन्ज । भेरी अस्पतालमा कार्यरत ७० बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि अस्पतालको दैनीक सेवामा गम्भिर असर परेको छ । अस्पतालसँग नियमित काममा रहेका ४०० कर्मचारी मध्य बिहिबार सम्मा ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

जनशक्तिको अभावका कारण कोरोना संक्रमण पुष्टि भएर पनि गम्भिर अवस्था नभएका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामाग्री उपलब्ध गराएर काममा लगाईएको छ भने लक्षण देखिएका कर्मचारीहरु आधाआधी होम आइसोलेसन र अस्पतालमा क्वाटर लिएका स्वास्थ्यकर्मीहरु कोठामा नै आइसोलेट भएका छन् । अस्पतालको जुनियर लेवलका कर्मचारीहरुलाई भने अस्पतालमा भर्ना गरेर उपचार गराईएको छ ।

अस्पतालका स्वास्थ्कर्मीहरुमा नर्सिङ तर्फ ३२ जना, मेडिकल अफिर ८ जना, कार्यालय सहयोगीहरु १६जना, एचए, अहेव ८ जना, एक्सरे १ जना, मेडिकल रेकर्डर १ जना तथा अन्य ९ जना कर्मचारीहरुमा कोरोना पुष्टि भएको अस्पतालकी नर्सिङ अधिकृत ईश्वरी केसीले जानकारी दिईन् ।

यसैपनि जनशक्तिको अभाव भएको अस्पतालमा ठूलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि सेवामा असर परेको अस्पतालका बरिष्ठ फिजिसियन डाक्टर राजन पाण्डेले बताए । उनले अत्यन्तै जोखिममा रहेर स्वास्थ्कर्मीहरुले संक्रमितहरुको उपचार सेवा दिईरहेको बताए ।

‘बेडको अभाव भएर सर्वसाधारणले बेड नपाएर फर्काउनु परेका बेला बेड लिएर बस्न मन लागेन, त्यसैले डाक्टरको निगरानीमा घरमै बसेर उपचार गराईरहेकी छु ।’ संक्रमित एक नर्सिङ स्टाफले खबरकुरालाई भनिन् ।

अस्पतालमा जनशक्तिको अभाव भएको भन्दै जनशक्ति माग गरिएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दरबन्दी स्विकृत दिइसकेको छ । अस्पताल प्रशासनले ७० बढी जनशक्तिको आवश्यकताका लागि बिज्ञापन समेत खोलिसकेको छ ।

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ८ : १९ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम