४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेताहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै



काठमाडौं । सबै केन्द्रीय सदस्यहरुको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

सोमबार बस्ने भनिएको बैठक पीसीआर परीक्षण गरेपछि मात्र बस्ने भन्दै स्थगित गरिएको थियो । अब बैठक दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।

समसामयिक राजनीतिक घटनाक्रम, पार्टीद्वारा, सम्भावित सत्ता नेतृत्वको अवसर, १४ औं महाधिवेशन, क्रियाशील सदस्यता, कोरोना लगायत विषयमा केन्द्रीय कार्य समितिमा छलफल हुने बताइएको छ ।

सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले आवश्यक संख्या पुगेको एकीन भएपछि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव ल्याउने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रले कांग्रेस नेतृत्वमा नयाँ सरकार बनाउन प्रस्ताव गरिसकेको छ । यद्यपी, जनता समाजवादी पार्टी जसपाले कुनै निर्णय गर्न नसक्दा कांग्रेस समेत अलमलमा परेको छ ।

कांग्रेसले बैठक बस्नुअघि सबै नेताहरुको स्वास्थ्य सुरक्षाका लागि पीसीआर परीक्षण गराएको थियो । एकसय भन्दा बढी नेताहरुको स्वाब संकलन गरिएको थियो । तर कसैलाई पनि कोरोना नदेखिएपछि बैठक बस्न लागेको हो । तर, नेताको सुरक्षामा खटिएका केहीलाई कोरोना पोजेटिभ देखिएको छ ।

 

 

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ९ : ०५ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज