१ पुस २०८२, मंगलबार | December 16, 2025

नेपाल सरकार बादी रहेको १२० जसपा नेता कार्यकर्ता विरुद्धको मुद्दा सरकारबाट फिर्ता



काठमाडौं । सरकारले जसपाको समर्थन आफ्नो पक्षमा पार्ने प्रयास स्वरुप मेधस तथा थरुहट आन्दोलनका क्रममा नेपाल सरकार बादी रहेका मुद्दाहरु फिर्ता लिने क्रम सुरु गरेको छ ।

सरकारले नेपाल सरकार बादी रहेको १५ वटा मुद्दामा एक सय २० जनाको मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता सुचना तथा सञ्चार मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् । बुधबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री गरुङले् नेपाल सरकार वादी रहेका १५ मुद्दामा १२० जनाको मुद्दा फिर्ता लिएको जानकारी दिए । उनले त्यस्तै आन्दालनसँग जोडिएका अन्य मुद्दा भए निरन्तर फिर्ता लिँदै जाने समेत बताए ।

जनता समाजवादी पार्टीले मधेस र थारुहट आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता लिने एजेण्डालाई प्रमुखरुपमा उठाउँदै आएको थियो । सोही अनुसार सरकारले मुद्दा फिर्ता लिने निर्णय गरेको बताइएको छ । माग पुरा भएको अवस्थामा सरकारमा सहभागी हुने वा सरकारलाई समर्थन गर्ने जसपाका महन्त ठाकुर पक्षका नेताहरुले बताउँदै आएका छन् ।

 

प्रकाशित मिति : १५ बैशाख २०७८, बुधबार  ३ : ५३ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज